देवचुली ।
लागुऔषध सहित २ जनालाई मंगलबार प्रहरीले नवलपुरको रजहरबाट पक्राउ गरेको छ ।
देवचुली नगरपालिकाबाट अवैध लागूऔषध नोफिन, डाइजोपम्प ४७, फेनेर्गन ४७, सिरिन्ज ४४ सहित २ जनालाई इलाका प्रहरी रजहरले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गैँडाकोट नगरपालिका १६ बस्ने २६ वर्षीय कृष्ण क्षेष्ठ, र १९ वर्षीय निशान परियार रहेका छन् । इलाका प्रहरी रजहरबाट प्र.ना.नी. खेम तामाङको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।