
१७ -पौष, नवलपुर ।
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नवलपुरको कावासोतीमा छैठौं नवलपुर महोत्सव २०७६ हुने भएको छ । यही आउँदो माघ ९ गतेदेखि १९ गतेसम्म कावासोती ३ थकाली चोक स्थित राममन्दिर नजिकको खेल मैदान अर्थात् नमूना नवलपुर सदरमुकाम निर्माण स्थलमा महोत्सव हुने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । आज बिहीवार नवलपुर उद्योग बाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यहाँको कृषि, पर्यटन, उद्योग ब्यापार र साँस्कृतिक पहिचानलाई पर्बद्धन गर्ने उदेश्यका साथ महोत्सव गर्न लागिएको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डाँसुराज पोख्रेलले बताउनुभयो ।

प्रत्येक २ वर्षमा एक पटक आयोजना गरिने महोत्सवमा यस पटक सरकारले शुरु गरेको भ्रमण वर्ष २०२० लाई प्रमुख केन्द्रबिन्दुमा राखेर महोत्सव सञ्चालन गरिने दावी गर्नुभएको छ । भ्रमण वर्ष २०२० को पुर्वार्ध चलिरहदा नवलपुरका साँस्कृतिक, धार्मिक, ऐतिहासिक, जैबिक पर्यटकीय स्थलको प्रचार प्रसार सहितका गतिबिधि सञ्चालन गरी यस्ता क्षेत्रको प्रबर्दन गर्दै महोत्सवलाई सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ ।
नवलपुरको सदरमुकाम कावासोतीमा हुन लागेको महोत्सव सिमित उदेश्य मात्र प्राप्तिका लागी नभई बृहत्तर क्षेत्रको प्रबर्दनमा फलदायी बनाउनेतर्फ केन्द्रित बनाउन र महोत्सवलाई सफल पार्न सबै क्षेत्रसँग सम्वन्धित सबैले रचनात्मक र सृजनात्मक सुझाव सहित सघाउन अध्यक्ष पोख्रेलले आग्रह गर्नुभएको छ । आयोजकले महोत्सवबाट १ करोड १० लाख रुपैंया आम्दानी गर्ने अपेक्षा गरेको छ भने करीव ९५ लाख ५० हजार रुपैंया खर्च हुने अनुमान समेत गरेको छ । महोत्सवमा २ सय ५० वटा ब्यापारीक स्टलका साथै कृषि, शैक्षिक, सुचना र सामाजिक क्षेत्रका २५ वटा गरी २ सय ७५ वटा स्टल रहने जनाईएको छ ।
११ दिनसम्म चल्ने महोत्सवमा ३ लाख दर्शकले अवलोकलन गर्ने लक्ष्य राखिएको छ भने २ सय ५० वटा ब्यापारीक स्टलका साथै कृषि, शैक्षिक, सुचना र सामाजिक क्षेत्रका २५ वटा गरी २ सय ७५ वटा स्टल रहने जनाईएको छ ।
आयोजकले प्रबेश वापत टिकट शुल्क ६० रुपैंया राखेको छ भने ज्येष्ठ नागरीक तथा अपाङ्गता भएका ब्यक्तिहरुका लागी निशुल्क र परिचय पत्रका साथ उपस्थित बिद्यार्थीका लागी ४० रुपैंया प्रवेश शुल्क राखेको छ ।