• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 08, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

सुक्यो ‘सुर्खेतको रारा’

पावर संदेश
   २ माघ २०७६, बिहीबार १४:५६  मा प्रकाशित
  • 634 पटक पढिएको







  • सुर्खेत ।

    प्रदेश राजधानी वीरेन्द्रनगरदेखि २२ किलोमिटर पश्चिम जङ्गलको बीचमा अवस्थित ‘बराहताल’ पुग्नुभयो भने तपाईं अहिले ताल देख्न पाउनुहुन्न ।

    कुनै बेला ‘सुर्खेतको रारा’, ‘कर्णालीको दोस्रो रारा’को उपमा पाएको यो ताल एकाएक सुक्दा स्थानीय बासिन्दा अचम्मित छन् । उनीहरुका अनुसार ताल सुक्न थालेको करिब दुई वर्ष जति भयो । जसको पहिचानले गाउँपालिकाकै नाम ‘बराहताल’ राखियो, अन्ततः त्यही तालको निशानै मेटिएपछि स्थानीयवासी निराश छन् ।

    गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेत ताल सुक्नाका कारणबारे अनभिज्ञ छन् । ‘ताल सुकेपछि हामी अचम्मित भएका छौं, पहिले पनि २०५६ सालतिर सुकेको थियो,’ उनले भने – ‘वैज्ञानिक अध्ययन बिना ताल किन सुक्यो रु ठम्याउन गाह्रो छ ।’

    अहिले ताल क्षेत्र सुख्खा जमीनमा परिणत भएको छ । ताल क्षेत्र तरंगा टोलको गौचरनमा परिणत भएको छ । सुर्खेतको पर्यटकीय स्थलका रुपमा रहेको बराहताल हेर्न यतिबेला पर्यटकहरुको आगमन भएमा के देखाउने भन्ने चिन्ता छ, स्थानीय जनप्रतिनिधिलाई ।

    ताल सुक्नाका कारणबारे यहाँ अनेक अड्कलबाजी भइरहेका छन् । बराहताल गाउँपालिका(४ का वडाध्यक्ष टेकबहादुर कठायत २०७२ सालको महाभूकम्पपछि ताल क्रमिक रुपले सुक्दै गएको बताउँछन् । एकथरी बराह देउताको पूजा नगरेकाले ताल सुकेको तर्क गर्छन् । तालको छेउमा बराह मन्दिर छ । विसं २०५६ मा ताल सुकेपछि स्थानीयवासीले पूजा गरेका थिए ।

    तत्कालीन तरंगा गाविस अध्यक्ष ओमबहादुर महताराले त्यतिबेला बराह देउताको पूजा गरेपछि तालमा पानी भरिएको बताए । ताल सुकेपछि पूजा गर्न त्यतिबेलै उक्त मन्दिर बनाइएको हो । कतिपय स्थानीयवासीले तालमा पानी भर्न पूजा गर्नुको विकल्प नभएको बताउँदै आएका छन् । ताल नजिकको जङ्गल क्षेत्रमा जथाभावी सडक खनिँदा मुहानमा असर पुगेको हुन सक्ने अनुमान पनि गरिएको छ । सडकबाट निस्केको माटो बगेर तालको सतहमा जमेर पानी सञ्चयमा अवरोध हुन पुगेकाले ताल सुकेको बताइन्छ ।

    तालसम्बन्धी अनुसन्धान गरेका कर्णाली प्रदेश अस्पताल, सुर्खेतका चिकित्सक डा. नवराज केसीको अध्ययन भने फरक छ । उनको बुझाइमा ताल सुक्नुको मुख्य कारण बनमारा झार हो । यसले सो क्षेत्रमा अरु झारलाई उम्रिन नदिँदा पानी सिञ्चित हुन नसकेको हो । डा. केसी भन्छन् – ‘ताल भनेको पानी होइन, माटो हो । माटोको गुणस्तर बिग्रियो । यो माटोलाई पानी सञ्चय गर्न सक्ने खालको बनाउनुपर्छ, त्यसपछि आफैं पानी भरिन्छ ।’ पहिले जस्तो झार हुन्थ्यो त्यही झार ल्याएर रोप्न सके त्यसले पानी सञ्चय गर्न मद्दत पुर्‍याउँदछ, अनि विस्तारै पानी भरिन्छ ।

    बनमारा झारले माटोलाई दलदल बनाएर पानी सञ्चय गर्न र अन्य झार पनि उम्रन दिँदैन । यसले गर्दा ताल क्षेत्रको माटोले पानी सोस्न नसकेको उनको दाबी छ । अड्कलबाजी जे गरिए पनि तथ्यपरक अध्ययन बिना चुरे क्षेत्रमा अवस्थित ताल यसैकारण सुक्यो भनेर दाबी गर्ने आधार छैन । यसबारे वैज्ञानिक अनुसन्धान कसले गर्ने भन्ने टुङ्गो स्थानीय बासिन्दा र प्रदेश सरकारले लगाएका छैनन् ।

    भूकम्प, सडकबाट बगेको माटो, जलवायु परिवर्तन या वनमारा झार जुन कारणले भए पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण तालको अस्तित्व मेटिएको छ । अब यसको वैज्ञानिक अनुसन्धान गर्न जरुरी भइसकेको छ । ताल सुक्दा त्यहाँको जैविक विविधता खल्बलिएको छ । ताल नहुँदा हाँस, सारस लोप हुन पुगे । गाउँपालिका अध्यक्ष बस्नेतका अनुसार ताल क्षेत्रमा १७ प्रजातिका चराको बसोबास थियो । तीमध्ये केही ताल आश्रित चरा र जनावरहरु पनि थिए । चराहरुको चिरबिर(चिरबिर आवाजले त्यहाँको वातावरण नै रमणीय हुन्थ्यो । चराहरुले पात पतिङ्गर टिपेर ताल सफा राख्थे । ताल क्षेत्रमा कमलका फूल होइन, अचेल वनमारा झाङ्गिएको छ । कुल ताल क्षेत्र ६० हेक्टरमध्ये पानी भएको क्षेत्र भने १२ हेक्टर मात्र थियो ।

    तालमा डुङ्गा चलाएर जीविकोपार्जन गर्ने स्थानीय राजी समुदाय तालको अस्तित्व मेटिँदा सबैभन्दा दुःखी छन् । तीमध्येका एक हुन्, जंगबहादुर राजी । डुङ्गा चलाउने शीप भएका ताल सुकेयता बेरोजगार बनेका छन् । ताल फर्किने आशामा उनका दुई वर्ष बितिसकेका छन् । पर्यटकदेखि त्यहाँको जैविक विविधताको अवलोकन गर्न आउने अध्येताहरुको चहलपहल ताल सुकेपछि ह्वात्तै घटेको छ ।

    जताततै ‘नेपाल भ्रमण वर्ष-२०२०’ मा पर्यटकीय प्याकेज सञ्चालन भइरहेका छन् तर, पश्चिम सुर्खेतबाट भने जिल्लाकै ठूलो ताल सुकेको सन्देश फैलिरहँदा स्थानीयवासीमा निराशा छाएको छ ।

    बन्यो गुरुयोजना

    प्रदेश सरकारको आग्रहमा राष्ट्रपति चुरे तराई मधेस विकास बोर्डले गुरुयोजना बनाएको छ । स्मार्ट इन्जिनियरिङ एण्ड सोलुसन प्रालि ललितपुरका प्रविधिज्ञले तयार पारेको मस्यौदामा तालको पुनःस्थापना, संरक्षण र पर्यटकीय पूर्वाधारको विकासको प्रस्ताव गरिएको छ ।

    गुरुयोजनामा पहिलो विकल्प प्राकृतिक रुपमै तालको पानी फर्काउने, दोस्रोमा डिप बोरिङमार्फत पानी निकाल्ने र तेस्रो विकल्पका रुपमा नजीकै बगिरहेको भेरी नदीको पानीलाई लिफ्टिङ प्रविधिबाट कृत्रिम ताल निर्माण गर्ने योजना समावेश गरिएको छ । भेरीको पानी र तालबीच ६० मिटरको दूरी छ । प्राकृतिक रुपमै ताल पुनःस्थापना गर्न नसके भेरीकै पानी ल्याउन धेरैजसो सहमत छन् ।

    प्रदेश सरकारका वन निर्देशक शिवराम अधिकारीले स्थलगत अध्ययनका साथै गाउँपालिका, मन्त्रालय र सरोकारवालाबाट प्राप्त सुझावलाई समेटेर गुरुयोजना बनाइएको बताए । यही गुरुयोजनाका आधारमा तालको पुनःस्थापना र संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रु ७५ लाख, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १० लाख र बाँकी बराहताल गाउँपालिका तथा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रकम जुटाएर चालु आर्थिक वर्षदेखि नै ताल पुनःस्थापनासम्बन्धी योजना सुरु गर्ने तयारी छ ।

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा। कृष्णप्रसाद आचार्य ताल पुनःस्थापना तथा संरक्षणका लागि तीन वटै तहका सरकारका कार्यक्रमबीच समन्वय हुनुपर्ने बताए । गुरुयोजना बमोजिम स्थानीय तहले स(साना पूर्वाधारका कार्यहरु गर्ने, प्रदेशले पर्यटकीय संरचना निर्माण तथा सङ्घीय सरकारको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले ठूला पूर्वाधार निर्माण गरेर ताल मात्रै पुनःस्थापना नगरी पर्यटकीय गन्तव्यकै रुपमा विकास हुने गरी बजेट परिचालन गर्नुपर्ने उनको धारणा छ ।

    सचिव डा। आचार्यले ‘ताल किन सुक्यो रु’ भन्ने विषयमा गहिरो अध्ययनको खाँचो औंल्याए । ‘यसको अझै गहन अध्ययनरअनुसन्धान हुनुपर्छ, गुरुयोजना बिनै तत्काल बजेट खर्च गर्न उपयुक्त नभएकाले गुरुयोजना बनाइएको हो,’ उनले भने, ‘ताल पुनःस्थापना मात्र नभइ तालको सौन्दर्यकरण र समग्र जलाधार क्षेत्रको संरक्षण तथा व्यवस्थापनलाई ध्यानमा राखिएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑