काठमाडौं ।
जनकपुर उडान भर्न लागेको बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई विमानस्थलमा ठक्कर दिएको छ ।
सोमबार विहान भएको यो घटनापछि बुद्धले जनकपुर उडान रद्द गरेको छ । रोकि राखेको यति एयरलाइन्सको जहाज र बुद्ध एयरको जहाज ठोक्किँदा दुवै विमानमा सामान्य क्षति पुगेको बताइएको छ ।
नागरिक उड्ड्यन प्राधिकरणका अधिकारीहरुले जाँच गरेपछि मात्र यी दुवै विमानलाई उड्न दिइने बताएका छन् ।