
देवचुली ।
देवचुली नगरपालिका १६ रजहरमा डेरा गरि बस्ने एक वृद्ध महिलाको मृत्यु पश्चात सनाखत हुन सकेको छैन । रजहर धुसेरी मयाँदेवी खत्रीको घरमा भाडामा बस्दै आएकी ७० वर्षिय वृद्ध महिलाको सनाखत हुन नसकेको हो ।
आईतबार साँझ वृद्ध महिलाको, बस्दै आएको कोठामा नै मृत्यु भएको तर शव बुझ्न कोही आफन्त नआएको ईलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएको छ ।

करिव २ वर्ष अघि चितवनको भरतपुरबाट रजहरमा आई डेरागरि बस्ने वृद्ध महिलाको नाम फुलमाँया थापा रहेको बताईए पनि शव बुझ्न कोही नआएको प्रहरीले जनाएको छ । साथै वृद्ध महिलालाई चिन्ने ब्यक्तिलाई ईलाका प्रहरी कार्यालय रजहर वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।