भिम भुसाल, देवचुली ।
३८ औँ राष्ट्रिय मगर एकता दिवस देवचुली नगरपालिकामा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । नेपाल मगर संघ देवचुली १० पृथ्वीनगरले भोलि (बिहिवार) विभिन्न कार्यक्रमका साथ राष्ट्रिय मगर एकता दिवस भब्यताका साथ मनाउन लागेको हो ।
कार्यक्रमको पुर्वसन्ध्यामा आज वुधवारदेखि नै विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । १० हजार मिटर म्याराथुन दौड, ४ सय मिटर महिला तथा पुरुष म्याराथुन, डोरि तान्ने प्रतियोगिता, कौरा नृत्य प्रतियोगिता, घैटो फुटाल्ने लगाएतका विभिन्न कार्यक्रमको आयोजना गरि राष्ट्रिय मगर एकता दिवस मनाउन लागिएको नेपाल मगर संघ देवचुली १० पृथ्वीनगरका अध्यक्ष ओम बहादुर घर्तिले बताउनुभयो ।
म्याराथुन दौडमा महिला पुरुष गरि जम्मा १९ खेलाडिको सहभागिता रहेको थियो भने कौरा नृत्य प्रतियोगितामा कावासोती र देवचुली नगरपालिका भित्रका ६ समुहको सहभागिता रहेको छ । त्यसैगरि डोरि तान्ने पुरुष तथा महिला प्रतियोगितामा ८–८ समुहको समहभागिता रहेको अध्यक्ष घर्तिले बताउनुभयो ।
विगत ५ वर्षदेखि राष्ट्रिय मगर एकता दिवस देवचुली १० पृथ्वीनगरमा मनाईदै आएको छ । फाल्गुन १५ गते राष्ट्रिय कलाकारहरु जानकी तारमी मगर, रमेशबावु थापा मगर तथा स्थानिय कलाकारहरुको साथमा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष घर्तिले बताउनुभयो ।
नेपाल मगर संघ देवचुली १० पृथ्वीनगरको आयोजना रहेको कार्यक्रममा शान्तिदिप युवा क्लव, लाङघाली आमा समुह, पृथ्वी आमा समुह र सहमती आमा समुह सह–आयोजकको रुपमा रहेका छन् । देवचुली नगरपालिकामा मात्रै २५.९१ प्रतिशत मगर जातीको बसोवास रहेको छ ।