भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिका ४ झाक्रेका १० वर्षिय बिवस बसेल (नेपाली) को उपचारका लागि देवचुली दलित युवा समाजले संकलित १ लाख १६ हजार ४ सय ५० रुपैया परिवारलाई हस्तान्त्रण गरेको छ । ब्लड क्यानसरको लक्षण देखिएका बिवसको उपचार भैरहेको वी. पी. कोईराला मेमोरीयल क्यानसर अस्पतालमा पुगी समाजले संकलित रकम हस्तान्त्रण गरेका हुन् ।
विभिन्न ब्यक्ति तथा विद्यालयलका विद्यार्थिहरुबाट संकलित रकम आज बुधवार देवचुली दलित युवा समाजका पदाधिकारीले पिडित बालकका बुवा देव बहादुर बसेललाई हस्तान्त्रण गरेका हुन् ।
बालकलाई ए एम एल को एम ३ टाईपको ब्लड क्यानसर भएको डाक्टर निभा तिवारीले जानकारी दिनुभयो। पिडित बालकको ३ महिना अघिदेखि वी. पी. कोईराला मेमोरीयल क्यानसर अस्पताल भरतपुरमा उपचार भैरहेको छ ।
आज (बुधवार) अन्तिम चौथो केम्भु चढाईने समेत अस्पतालले जानकारी गराएको छ । शरिरमा अन्य प्रतिकुल अवस्था नआएमा यहि महिना घर फर्किन सकिने अस्पतालले जनाएको छ ।