
सप्तरी ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै छिन्नमस्ता मन्दिरमा धार्मिक अनुष्ठान सुरु गरिएको छ । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरको प्राङ्गणमा मङ्गलबारदेखि नागरिक सञ्जाल सप्तरीको आयोजन तथा मन्दिरका पिठाधीश महाकान्त ठाकुरको संयोजकत्वमा दुई दिवसीय अखण्ड दिप प्रज्जवलन, भजन किर्तन, अष्ठायाम, हवन, विशेष पूजापाठ लगायतको धार्मिक कार्यक्रम सुरु गरिएको जानकारी मन्दिरले जनाएको छ ।

यस धार्मिक कार्यक्रममा करिब ६ दर्जन साधुसन्त तथा भक्तजनको सहाभागिता रहने आयोजकले जनाएको छ । अध्यक्ष सुखराम यादवले देशको प्रधानमन्त्री ओलीको नेतृत्वमा मुलुकको लागि अति नै आवश्यकता रहेकाले वहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै धार्मिक अनुष्ठान कार्यक्रम सुरु गरेको जानकारी दिए ।