• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

कोरोनाको उच्च जोखिममा नेपाल, सार्वजनिक कार्यक्रम रद्द गर्न नवलपुर प्रशासनको निर्देशन

पावर संदेश
   २१ फाल्गुन २०७६, बुधबार १२:१४  मा प्रकाशित
  • 304 पटक पढिएको







  • नवलपुर ।
    छिमेकी देश चीनको ऊहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड १९) को असर विश्वव्यापी बनिरहँदा नेपालमा पनि यसको त्रास फैलिएको छ । नेपालमा दुई दर्जन बढीमा यो भाइरसको आशंका भएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्दा एक हालसम्म जनामा मात्रै पोजटिभ देखिएको छ । ती एक जना बिरामी पनि पूर्णरुपमा स्वस्थ भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारिसकेको छ ।
    विश्व स्वास्थ्य संगठनले नेपालसहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको भन्दै सचेत गराएपछि थप त्रास फैलिएको छ । यो रोगको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन सरकार र सरोकारवालाले पटक पटक आह्वान गर्दै आएका छन् ।
    धमाधम सार्वजनिक कार्यक्रम रद्द
    कोरोना भाइरसको त्रासकै कारण अहिले सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय समूदायका साथै राजनीतिक पार्टी र संघसंस्थासमेतले धमाधम सार्वजनिक कार्यक्रम रद्द गर्न थालेका छन् । नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर) जिल्ला प्रशासन कार्यालयले पनि जिल्लामा कुनै सभा, भेला, गोष्टि, महोत्सव नगर्न आग्रह गरेको छ ।

    सरकारले गत आइतबार सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेसँगै त्यसको कार्यान्यन गर्न थालिएको हो । सोहीअनुसार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्वनिर्धारित प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । नेकपाले अवस्था सहज भएपछि कार्यकर्ता भेला गरिने जनाएको छ ।
    यसैगरी फागुन १९ मा बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले प्रदेशभरी मेला महोत्सव गर्न रोक लगाएको छ । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइसकेको अवस्थामा प्रदेशमा उच्च सतर्कता अपनाउन थालिएको बताए । उनका अनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत मेला तथा महोत्सव नगर्न र पहिले दिएको स्वीकृति पनि रद्द गर्ने निर्णय भएको छ ।
    मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै आगामी मार्च ८ का दिन (यालीसहितको साझा अभियान कार्यक्रम र ११० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस हाललाई स्थगन भएको उल्लेख गरिएको छ ।
    यसो त विभिन्न शैक्षिक संस्थाहरुले तय गरेको सभा समारोहसमेत स्थगित भएका छन् । केही विद्यालयले भने स्थगनको तयारी गरेको बुझिएको छ । शिक्षा मन्त्रालयले मंगलबार एक सूचनामार्फत विद्यालय सभा, समारोह, वार्षिक उत्सव लगायतका जनभेला हुने कार्यक्रम नगर्न आग्रह गरिसकेको छ । यही सूचना पछि कतिपय विद्यालय त तयारी भइसकेको अवस्थामा अब के गर्ने भन्नेमा अन्योलमा देखिएका छन् । अमेरिकी दूतावासले २४४ औं स्वतन्त्रता दिवसका अवसरमा राजधानीमा शुक्रबार मनाउन लागेको कार्यक्रम स्थगित गरिसकेको छ ।
    यस्तै कतारले पनि चन्द्रगिरीमा आइतबार लागेको फुड फेस्टिबल रद्द गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका कूटनीतिज्ञलाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नहुन यसअघि नै आग्रह गरिसकेका छन् ।
    विद्यालय बन्दको माग
    सरकारी र गैरसरकारी तहमा विभिन्न औपचारिक कार्यक्रम रद्द भइरहेको अवस्थामा बालबालिका अध्ययन गर्ने विद्यालय भने खुलिरहेका छन् । भलै सरकारले चैत ५ भित्र वार्षिक परीक्षा लिन आग्रह भने गरेको छ । बालबालिकाको स्वास्थ्यमा गम्भीरता देखाइ अवस्था सामान्य नहुँदा सम्म सार्वजनिक बिदा दिइनुपर्ने कतिपयको माग छ ।
    ‘कोरोनाको यति ठूलो त्रास छ, बच्चालाई विद्यालय पठाउनुपर्ने बाध्यता छ’ राजधानीको नेपालटारकी अनिषा मगरले भनिन्, ‘मास्क लगाएर विद्यालय पठाइरहेको छु ।’ यस्तो त्रासका बेला विद्यालय बन्द गरिनु नै उचित हुने उनको भनाइ छ ।
    अहिले बजारमा मास्क र ह्याण्ड सेनिटाइजरको अभाव भएको छ । कतिपय स्थानमा पाइएपनि चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेका उपभोक्ताहरुको गुनासो छ । बजारमा भाइरसको त्रासले मास्क र सेनिटाइजरको माग अत्यधिक रहेकाले अभाव र कालोबजारी देखिएको हो ।
    बजारमा मास्क खोज्दा ‘सबै चिनियाँले लगे’ भन्दै सकिएको व्यवसायीको जवाफ हुने गरेको छ भने पाइने ठाउँमा पनि स्वाभाविक मूल्य भन्दा बढी रकम लिने गरिएको छ ।
    के गर्दैछ सरकार ?
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकाश देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने दावी गरेका छन् । उनले कोरोनालाई नेपाल आउन नदिनु नै सरकारको प्रमुख लक्ष्य भएको भन्दै सोहीअनुसार काम गरिररहेको बताए । उनले यसका लागि सरकारले राम्रो तयारी गरेको पनि दावी गरे ।
    डा। देवकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर काम गरिरहेको स्पष्ट पारे । उनले भने,‘रुघाखोकी, ज्वरो, छाती दुःख्ने र श्वाँसप्रश्वासमा गाह्रो भएको लक्षण देखियो भने चेकजाँच गरिन्छ । विमानस्थलमा टेम्प्रेचर लिने र स्कानर लिने काम हुन्छ । सयभन्दा बढी फरेनहाइट टेम्प्रेचर देखियो भने निगरानीमा राखिन्छ ।’
    उनले विमानस्थलमा हरेक यात्रुलाई चेकजाँच गरिने गरिएको सुनाए । त्यतिमात्रै, होइन विमानस्थलको हेल्थ डेस्कमा जनशक्ति बढाइएको पनि उनले जनाए ।
    हवाई नाकामात्रै नभएर उनले चीन र भारतसँगको स्थलगतमार्गमा समेत निगरानी बढाइएकोस्पष्ट पारे । शुक्रराज ट्रपिकल अस्पतालमा सय बेड रहेको र त्यसमा पनि केही आईसोलेशन बेड राखिएको उनले जनाए । शुक्रराज ट्रपिकलसहित पाटन अस्पताल र सशस्त्रमा बेडहरु तयारी अवस्थाम राखिएको पनि उनले जनाए । त्यस्तै, काठमाडौं उपत्यकाका सबै अस्पताललाई स्ट्याण्डबाई राखिएको पनि उनले स्पष्ट पारे ।
    भर्खरै आफूहरुले २५ हजार मास्क ल्याएको सुनाउँदै छिट्टै अरुपनि बन्दोबस्त गर्ने उनले योजना सुनाए । यदि मास्कमा कालोबजारी गरेको थाहा पाइए सरकारले हदैसम्मको कारबाही गर्नेपनि उनले चेतावनी दिए ।
    कोरोनाको विश्वव्यापी असर
    विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वका ६३ मुलुकमा फैलिएको जनाएको छ । बुधबार बिहानसम्म यो रोगबाट ३२ सय ३ जनाको मृत्यु भएको छ भने ९३ हजार १६० जना बिरामी छन् । यस्तै यो रोगको संक्रमण भएका ५० हजार जना भने निको भइसकेका छन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑