भिम भुसाल, देवचुली ।
नवलपुरको देवचुली नगरपालिका १४ दलदलेमा रहेको होटल क्रिस अब चौबिसै घण्टा खुल्ला रहने भएको छ । यात्रुहरुको सहजतालाई मध्यनजर गर्दै जुनसुकै समयमा पनि होटलमा पर्यटक आउन सकिने ब्यवस्था गरिएको हो । करीब रु १० करोड लगानीमा निर्माण गरिएको सो होटलमा यात्रुहरुको समस्यालाई ध्यानमा राख्दै चैत्र १ गतेदेखि खाना र बास बस्न जुनसुकै समयमा पनि होटल खुल्ला गरिएको होटल क्रिसका ब्यवस्थापक लक्ष्मण चापागाईले पावर संदेशलाई बताउनुभयो ।
सम्भवतः जिल्लामा सबैभन्दा बढी आर्थिक लगानी गरिएका होटलमध्येको प्रमुख होटलको रुपमा रहेको होटल क्रिस पूर्व–पश्चिम राजमार्गले छोएकोे चार तले अत्याधुनिक सुविधासम्पन्न होटल हो । जसमा लिफ्टको प्रयोग गरिएको छ । होटलमा २८ वटा अति सुविधासम्पन्न डिलक्स कोठा, डाइनिङ हल, सेमिनार हल रहेको छ ।
होटल व्यवसायमा नयाँ आयाम थप्दै समग्र नवलपुरको सम्भावित पर्यटन क्षेत्रलाई अघि बढाईरहेको होटल क्रिसले पर्यटकहरुलाई प्याकेजमा जंगल सफारी, डुङ्गा सयर, देवचुलीडाँडा पैदलयात्रा लगायत कार्यक्रमलाई अघि बढाएको छ । होटलमा आन्तरिक तथा बाह््य राष्ट्र प्रमुख, मन्त्रि, लगाएतका नेपाल घुम्न आउने पर्यटकहरु आउने गरेका छन् । होटल क्रिसको सञ्चालक अरुणविक्रम थापा रहनुभएको छ ।