
भिम भुसाल, देवचुली ।
देवचुली १३ दलदले चोकमा रहेको दिप दुध डेरीमा आगोलागी भएको छ । आईतबार राती ९ः४५ को समयमा अचानक बिधुत्त सर्ट हुदा आगोलागी भएको हो । एक तले पक्कि भवनमा हरिचन्द्र सापकोटाले सञ्चालन गरेको दुध डेरीमा रातको समयमा अचानक बिधुत्त सर्ट हुदा मानविय क्षती नरहेपनि आर्थिक क्षती भएको सञ्चालक सापकोटाले बताएका छन् ।

डेरीमा रहेको फ्रिज, र्याक, बिष्कुट, सरफ लगाएतका भौतिक सामाग्री पूर्ण रुपमा नष्ट भएको छ । आगोलागीबाट २ लाख ५ हजार रुपैया बरावरको आर्थिक क्षती भएको डेरी सञ्चालक सापकोटाले बताएका छन् ।
आगो प्रहरी तथा स्थानियको सकृयतामा करिब आधा घण्टामा नियन्त्रणमा लिईएको थियो ।