दलदले ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका प्रवेशद्धारमा सावुनपानीले हात धुने ब्यवस्था गरिएको छ । विश्वब्यापी रुपमा कारोना भाईरसको संक्रमण बढिरहदा बजार ब्यवस्थापन समिति, मौलाकालिका गेष्ट हाउस, देवचुली यातायात तथा विभिन्न ब्यवसायीको सकृयामा देवचुलीले मूख्य बजार दलदले चोकमा हात धुने ब्यवस्था मिलाएको हो ।
नगरपालिका प्रवेश गर्ने तथा दलदले धोवादी सडकखण्डको मूख्यद्धारमा जारमा पानी राख्दै साबुन पानिको ब्यवस्था गरिएको छ । त्यस्तै केउरेनी चोकमा समेत ब्यवसायीहरुले साबुनपानीले हात धुने ब्यवस्था गरेका छन् ।
पसलमा प्रवेश गर्नुअगाडी साबुन पानीले हात धुनुपर्ने भन्दै आग्रहका साथ हात धुने ब्यवस्था मिलाईएको हो । देवचुली नगरपालिका क्षेत्रका विभिन्न चोक तथा बजार, संघ संस्था लगाएत पसलहरुमा प्रवेश गर्दा हात धुन अनुरोध गर्दै विभिन्न ब्यवसायी, संघ संस्थाहरुले हात धुने ब्यवस्था मिलाएका छन् ।