बिबेक भण्डारी ,
नेपाल मातृभुमी च्यारीटेवल ट्रष्टले देवचुली नगरपालिकाले खडा गरेको फुड्बैकमा विहिवार खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरसका कारण अहिले देशभर कलकारखाना देखि मजदुरी सम्म ठप्प भएको अवस्थामा दैनिक मजदुरी गरि खानेलाई खाद्यान्नको अभाव र भोकै दिन काट्न नपरोस भन्नका निमित्त फुड्बैक खडा गरेको थियो र सोहि बैकमा नेपाल मातृभुमी च्यारीटेवल ट्रष्टले खाद्यान्न सहयोग गरेको हो ।
नेपाल मातृभुमी च्यारीटेवल ट्रष्टका अध्यक्ष कृष्णराज गैह्रेले अहिले दैनिक ज्यालादारी गर्ने मानिसहरुको दैनिकीमा समस्या आएको र उनिहरुलाई दैनिक खानको समेत अभाव पर्ने स्थीतिलाई केहि हदसम्म न्युन गर्न सकिने उद्देश्यले पाँच सय किलो चामल प्रदान गरेको बताए । नेपाल मातृभुमी च्यारीटेवल ट्रष्टले आगामा दिनमा अन्य स्थानमा पनि राहतका कार्यक्रमहरु संञ्चालन गर्ने ट्रष्टका अध्यक्ष गैह्रेले बताए ।
नेपाल मातृभुमी च्यारीटेवल ट्रष्टले प्रदान गरेको राहत लिदै नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले फुड्बैकमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । राहत वितरणमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुषाल , नेपाल मातृभुमी च्यारीटेवल ट्रष्टका महासचिव नारायण भण्डारी,कोषाध्यक्ष चन्द्रकान्त जैसी, सचिव अस्मीता गैह्रे लगायतकाको सहभागिता रहेको थियो । ट्रष्टले विहिवार नै देवचुली नगरपालिका १३ दलदलेमा पानी र खाजा समेत प्रदान गरेको छ । सडकमा अलपत्र परेका व्यक्तिहरुलाई पानी पाउरोटि निशुल्क दिएको जनाएको छ ।