रामचन्द्र मोक्तान,मकवानपुर ।
भारतले नेपालको सिमा अतिक्रमण गरेको बिरोधमा देशको विभिन्न शहरमा भारत विरुद्ध प्रदर्शन हुँदै आईरहेको छ । मकवानपुरको हेटौंडामा पनि विभिन्न संघ संस्था विद्यार्थी र स्वतन्त्र नागरिकहरुले बिरोध प्रदर्शन गर्दै आईरहेका छन् ।
हेटौंडाको मुख्य चोक मानिने बुद्ध चोकमा भेला भएर विभिन्न नारा सहितको ब्यानर प्लेकार्ड बोकेर भारत विरुद्ध प्रदर्शन गरिएको छ । युवाहरुको समुहले “सिमा अतिक्रमण गरिएको होकि भुमी बेचेको हो कि हाम्रो भुमी तुरुन्त फिर्ता गर सिमा मिच्न पाइदैन” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर हेटौंडामा प्रदर्शन गरेका छन् ।