• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

कपडा मास्कको भरमा ‘रेडजोन’मा प्रहरी

पावर संदेश
   १२ जेष्ठ २०७७, सोमबार ०८:४६  मा प्रकाशित
  • 511 पटक पढिएको







  • शंकरप्रसाद खनाल, नेपालगन्ज ।

    देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्। सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ। एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीकाअनुसार नरैनापुर गाउँपालिकाको कालाफाँटा प्रहरी चौकीमा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको हो।

    उनीसँगै कोरोना परीक्षण गरेका २३ जना प्रहरीमध्ये धेरै जनाको रिपोेर्ट अझै आउन बाँकी रहेको प्रमुख ओलीले बताए। नरैनापुर गाउँपालिकामा शनिबारसम्म एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने एक जना २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भइसकेको छ। केही दिनदेखि नरैनापुरमा संक्रमितलाई नेपालगन्जको आइसोलेसनमा ल्याउन लाग्दा स्थानीयले अवरोध गरेका छन्। कोरोना संक्रमितहरू पनि आइसोलेसनमा आउन नमानेर भाग्न खोजिरहेका छन्।

    उनीहरूको भीड नियन्त्रण गर्न प्रहरी खटेका छन्। यसरी खटेका नेपाल प्रहरीसँग राम्रो मास्क नै छैन। डब्लुएचओकाअनुसार कोरोेनाबाट जोगिन एनके ९५ माक्स लगाउनुपर्छ तर कोरोनाको अति जोखिमपूर्ण क्षेत्र नरैनापुरमा कार्यरत कुनै पनि प्रहरीसँग त्यस्तो मास्क छैन। न त उनीहरूसँग स्यानिटाइजर नै छ। प्रहरी प्रमुख ओली नै प्रहरीहरूले कपडाको माक्स मात्र लगाइरहेको स्वीकार्छन्। झन्डै एक सयको संख्यामा रहेको प्रहरीलाई जिल्लाले मुस्किलले तीन चार वटामात्र एनके ९५ मास्क र निकै थोरै मात्रामा सर्जिकल मास्क पठाइएको जिप्रकाले जनाएको छ।

    ‘ड्यूटीमा खटेका प्रहरी कपडाको मास्क लगाएका हुन्छन्। संक्रमित नै झम्टिन आउँछन्। जोगिएर बस्नुपरेको छ,’ ओली भन्छन्, ‘फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मी जोखिम नै जोखिममा काम गरिरहेका छन्।’ शुक्रबार नरैनापुरमा १३ जना संक्रमित पुष्टि भए। उनीहरूलाई नेपालगन्ज ल्याउने क्रममा राति ८ः४५ बजेतिर ९ जना संक्रमित एम्बुलेन्समा आउन नमानेर गाउँमा भागे। उनीहरूलाई लैजान नदिन ठूलो संख्यामा गाउँलेहरूले विरोधमा उत्रिए।

    संक्रमित र गाउँले एकै ठाउँमा भए प्रहरीलाई भीड नियन्त्रण गर्न र भागेका संक्रमितको खोजी गर्न हम्मेहम्मे पर्‍यो। ओलीकाअनुसार अन्तिम एक जनालाई खोजी गरेर ल्याउँदा शनिबार बिहानको ३ः१० भएको थियो। भाग्ने संक्रमितले स्थानीयलाई त जोखिममा पारे नै। उनीहरूको खोेजी गर्न गएका प्रहरी पनि जोखिममा परेका छन्। ‘कोरोनाको जोखिममा पनि रातभरी सुत्न पाएनौं,’ एक प्रहरी अधिकृतले गुनासो गरे, ‘कपडाकै मास्क लगाएर प्रहरीले कोरोना संक्रमितलाई गाउँ–गाउँ गएर खोजी गरे।’

    ४ जेठमा नरैनापुर ५ भोजभगवानपुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा एक जना संक्रमितको मृत्यु हुँदा स्थानीयले विरोध सुरु गरेका थिए। मृतकको अन्तिम संस्कारमा पनि सुरक्षाकर्मी नै खटेका थिए। अर्को दिन ५९ जनालाई नेपालगन्जको आइसोलेसनमा ल्याउने क्रममा पनि स्थानीय विरोधमा उत्रिएका थिए। संक्रमितले पनि प्रहरीलाई कोरोना सार्ने भन्दै धम्की दिएका थिए।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑