देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरी परीक्षण गरिएका थप २४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
देवचुली नगरपालिकामा शुक्रबार दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनिहरुसँगै क्वारेन्टाइनमा बसेका अन्यमा पनि कोरोना संक्रमण हुन सक्ने आशंका गरिए पनि परिक्षण रिर्पोट नेगेटिभ आएको छ । देवचुली १४ को जनज्योती नमुना माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका २४ जनाको स्वाब परिक्षण रिपोर्ट भरतपुर अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा नेगेटिभ आएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार शुक्रबार राति देवचुलीका बाँकी २४ जनाको पिसिआर रिपोर्ट आएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
देवचुलीमा अहिलेसम्म ५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएका छ । उनीहरु ५ जना मध्ये देवचुली माइत भएकी महिलाको काठमाडौंमा उपचार भईरहेको छ भने दुई जनाको भरतपुर कोरोना विशेष अस्पताल र २ जनाका मध्यविन्दु जिल्ला अस्पतालको आइसोलेशन कक्षमा उपचार भईरहेको छ ।