नवलपरासी ।
नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत भएकी छन् । सरावल गाउँपालिका वडान ४ मंगलापुर निवासी ४ वर्षीय बालिकालाई वडा नं ४ ललितपुरका २६ वर्षीय युवकले बलात्कार गरेको सरावल ४ का वडा अध्यक्ष छोटेलाल यादवले बताएका छन् ।
बालिकाको आमाले आफुले नुहाइरहेको समयमा आइतबार करिब ३ बजे बालिका घरमा एक्लै खेलिरहेको बेला मिठाईको प्रलोभन देखाएर सहानीले बलात्कार गरेको बताएकी छिन्।
बालिका रुनसाथ सो स्थानसम्म आमा पुग्दा सहानी घरबाट फरार भइसकेका थिए । छोरी रोइरहेको अवस्थामा फकाउदा फुलाउदा नमानेपछि लिंग तिर बालिका इसारा गरेर रुदा आफुले हेर्दा पेट डम्म फुलेको तथा रगत बगिरहेको देखेपछि मंगलापुर स्वास्थ्य चौकी उपचारका लागि लगेका हुन ।
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले बालिकाको अवस्था गम्भीर देखेपछि पृथ्वी चन्द्र अस्पताल परासी पठाइएको छ । सो घट्नाबारे वडा अध्यक्ष छोटेलाल यादवले थाहा पाउनसाथ गोबरहिया प्रहरी चौकी र जिल्ला प्रहरी कार्यलयलाई खबर गरेका थिए । बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनसाथ गोबरहिया र जिल्ला प्रहरी टोलि मंगलापुर पुगेका थियोे ।
घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी बिरेन्द्र थापाले बताए ।