नवलपुर ।
आज विहानै नवलपुर जिल्लामा थप ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार कोरोना संक्रमण पुष्टी हुनेमा हुप्सेकोटाका रहेका छन् । गत जेठ २० गते हुप्सेकोटबाट पठाइएको ४५ स्वावको नमुना मध्ये ४ जनामा पोजेटिभ देखिएको हो । बाँकी ४१ जनामा भने नेगेटिभ आएको छ ।
हुप्सेकोट २ का २०, ३५, ३५ र ४५ बर्षका ४ जना पुरूषमा कोरोना संक्रमित देखिएको हो ।
अहिले एक जना विरामीलाई भरतपुर अस्पतालमा र ३ जनालाई रजहर स्थित प्राकृति चिकिस्तालयमा राखिएको छ ।