देवचुली ।
देवचुली नगरपालिका–१० पृथ्वीनगरमा शिवालय मन्दिर निर्माणाधिन स्थलमा १०८ बोट पिपल रोपण अभियानले निरन्तरता पाएको छ । आज साउने संक्रान्ति एंव कामिका एकादशीको अवशरमा दोस्रो चरणको बृक्षरोपण गर्दै पिपल रोपणलाई निरन्तरता दिईएको हो ।
१०८ बोट पिपल लगाउने अभियान अन्तर्गत आज मात्रै ३१ पिपलका बिरुवा रोपिएको छ भने हाल सम्म ८७ पिपलका बिरुवा रोपिएको शिवालय मन्दिर ब्यवस्थापन उप समितिका संयोजक शोभाखर भुसालले जानकारी दिनुभयो ।
पहिलो चरणको पिपल रोपण शुभारम्भ असार ३ गते देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाल तथा देवचुली १० वडा अध्यक्ष केशर आलेले संयुक्तरुपमा वृक्षरोपण गरि शुभारम्भ गर्नुभएको थियो ।
स्थानिय स्तरमा धार्मिक प्रर्यटकिय क्षेत्र र आध्यात्मिक क्षेत्रको संगमको रुपमा निमार्ण गर्न लागिएको मन्दिर करिव २५ लाख रुपैया लागतमा सम्पन्न गर्ने लक्ष्य लिईएको छ । मन्दिर निमार्ण परिसर भित्र १०८ शिवलिङ्ग, बालउद्यान, चौतारी, आवाश गृह लगाएतको निमार्ण गरि धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने लक्ष्य लिईएको छ ।
बृृक्षरोपण स्थल देवचुली १०, पृथ्वीनगरको खेलमैदनको पश्चिम क्षेत्रको लोकाहा खोला क्षेत्रमा रहेको छ ।