
कञ्चनपुर ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कञ्चनपुरको महाकाली नगरपालिका १ मा सुख्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनी गरिने बताएका छन् ।
मङ्गलबार बन्दगाह निर्माणस्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताए । वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थिति बुझेर प्रक्रिया शुरु गर्ने उनले बताए । –रासस
