• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 26, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश सहित सडक महोत्सव अयोजना हुने

पावर संदेश
   १ पुष २०७७, बुधबार २०:१७  मा प्रकाशित
  • 395 पटक पढिएको







  • काठमाडौँ ।
    रेष्टुरेण्ट एण्ड बार एसोशियसन (रेवान) पोखराले हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आएको सडक महोत्सव यस वर्ष कोभिड–१९ का कारण तीन दिन मात्र हुने भएको छ ।
    पोखराको ब्राण्ड बनेको सडक महोत्सव पुस १५,१६,१७ गते ‘सडकमै खाउ सडकमै रमाऔँ’ भन्ने नारासहित २२औँ सडक महोत्सव गर्न लागिएको रेवानले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
    रेवानका अध्यक्ष लक्ष्मण बरालले कोरोना महामारीबीच ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित तीन दिनमात्र तामझामविना स्वास्थ्य सतर्कता अवलम्बन गरी महोत्सव गर्न लागिएको जानकारी दिए ।
    “हामीले पर्यटन सम्बद्ध सङ्घसंस्थासँग व्यापक छलफल गर्‍यौँ सबै संस्था तयार हुनुभयो । प्रशासनबाट पनि अनुमति पायौँ । महामारी जारी रहेकाले स्वास्थ्य सतर्कतासहित तामझामविना मनाउन लागिएको हो”, बरालले भने ।
    कार्यक्रमका संयोजक वसन्त गौतममले कोरोना महामारीबीच पर्यटन गतिविधिलाई चलायमान बनाउन सडक महोत्सवले भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पर्यटन ठप्प छ, अघिल्ला महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक रमाउने महोत्सव अहिले आन्तरिक पर्यटकमाझ केही सीमित कार्यक्रम गरेर मनाउन लागेका छौँ ।”
    उनले पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सूचनासहित अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रुपमा प्रवद्र्धन गर्न उद्देश्यसहित महोत्सवको आयोजना गरिएको जानकारी दिए ।
    उनका अनुसार पोखराको हल्लन चोकदेखि तीन किलोमिटर क्षेत्रमा तीन वटा कक्षमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका वेषभूषासहितको सांस्कृतिक कार्यक्रम गरेर महोत्सव मनाइनेछ । कार्यक्रमका सहसंयोजक एवं स्वास्थ्य संयोजक भीष्मराज पौडेलले प्रवेशद्वारबाट स्वास्थ्य सकर्तकतमा विशेष ध्यान दिएर महोत्सवस्थलमा प्रवेश गराइने जानकारी दिए । महोत्सवस्थलमा स्वास्थ्य सचेतनासम्बन्धी गतिविधिलाई पनि जोड दिइनेछ ।
    पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराइले पोखराका विभिन्न सङ्घसंस्था आन्तरिक पर्यटन प्रवद्र्धनको अभियानमा जुटेको उल्लेख गर्दै अब पोखराको पर्यटन उकास्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । उनले पोखराका धार्मिक तथा पर्यटकीय गतिविधि केही दिनभित्रै खुल्ने पनि जानकारी दिए ।
    उनले भने, “हामीले यस क्षेत्रमा बन्द रहेका पर्यटकीय र धार्मिकस्थल खुला गर्न सङ्घीय सरकार र प्रदेश सरकारसँग आग्रह गरेका छौँ, उहाँरुले लिखित निर्णय नआए पनि मौखिक अनुमति दिनुभएको छ । अब विस्तारै आसपासका पर्यटकीय गन्तब्य खुल्नेछन् ।”
    उनले सरोकारवालासँग पनि छलफल भएकाले अब बाराही मन्दिर, स्तूपा, डेभिजफल्सलगायतका गन्तब्य खुला हुने बताए ।
    भट्टराईले व्यवसायीका लागि ल्याएको पुर्नकर्जा कोषलाई कार्यान्वयन गर्न नसक्दा व्यवसायी थप पीडित भएको जनाउँदै सरकारलाई ध्यानाकर्षण गराएको बताए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑