भिम भुसाल, देवचुली ।
नेपालकै दास्रो बालमैत्री नगरपालिका रहेको देवचुली नगरपालिका अवलोकन गर्न कपिलबस्तु नगरपालिकाका मेयर सहितको टोलि देवचुली नगरपालिका आएको छ ।
बालमैत्री नगरपालिका घोषणा गर्ने चरणमा रहेको कपिलबस्तुले बालमैत्री स्थानिय तह अवलोकनका लागि आज (बिहिवार) देवचुली नगरपालिका आएको हो ।
कार्यक्रमका अध्यक्ष समेत रहेका देवचुली नगरपालिकाका मेयर पुर्णकुमार श्रेष्ठले कपिलबस्तुबाट आएको समुहलाई स्वागत गर्दै कपिलबस्तु बालमैत्री नगर बन्न सकोस भनि शुभकामना दिनुभएको छ । त्यस्तै बालपरामर्शदाता खिमानन्द भुसालले तत्कालिन प्रगतिनगर गाविस नेपालकै पहिलो बालमैत्री गाविस बनाउन बनाएका निति तथा कामको विषयमा कपिलबस्तुबाट देवचुली आएको समुहलाई जानकारी दिनुभयो । त्यस्तै गण्डकी प्रदेशकै पहिलो र नेपालकै दोस्रो बालमैत्री नगरपालिका बनाउदा गरिएको संवेक्षण तथा सुचकको विषयमा समेत भुसालले जानकारी दिनुभयो ।
कार्यक्रममा कपिलबस्तुबाट मेयर किरण सिंह, कार्यपालिका सदस्य, वडा अध्यक्ष, वालमैत्री सहजकर्ता, बाल सञ्जाल तथा बाल कल्वका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो भने देवचुली नगरपालिकाको तर्फबाट नगरप्रमुख पुर्णकुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देल,बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, सुचना अधिकृत कृष्णहरी सापकोटा, वाल अधिकारकर्मी दिपक शर्मा, नगरपालिकाका कर्मचारी तथा पत्रकारको सहभागिता रहेको थियो ।
देवचुली नगरपालिका २०७५ भाद्र २९ गते गण्डकी प्रदेशकै पहिलो र नेपालकै दोस्रो बालमैत्री नगरपालिकाका रुपमा घोषणा भएको हो ।