• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

पुलिसले जित्यो ‘मेयर कप’को उपाधि

पावर संदेश
   २९ फाल्गुन २०७७, शनिबार १४:१६  मा प्रकाशित
  • 1000 पटक पढिएको







  • काठमाडौं ।  पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

    आज फाइनलमा नेपाल एपीएफ क्लबलाई ८ विकेटले हराउँदै पुलिसले उपाधि जितेको हो ।
    उपाधिसँगै पुलिसले ट्रफी र नगद ५ लाख रुपैयाँ पाएको छ । त्यस्तै, उपविजेता एपीएफले ३ लाख पाउने हात पारेको छ ।

    फाइनलमा एपीएफले दिएको १ सय ६ रनको सामान्य लक्ष्य पुलिसले २४.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

    उसका लागि सुनिल धमलालले अर्धशतकीय पारी खेले । उनले ८२ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाए ।

    त्यस्तै, अनिल साह, कुशल भुर्तेलले १५/१५ र दीपेन्द्रसिंह ऐरीले नटआउट ११ रनको योगदान दिए । बलिङमा अविनाश बोहरा र भुवन कार्कीले एक/एक विकेट हात पारे ।

    त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको एपीएफ २९.४ ओभरमै अलआउट भएको हो ।
    उसका लागि बसन्त रेग्मीले २२, सन्दीप जोरा, अमरसिंह रौटेलाले १८/१८, भुवन कार्कीले १४ र अविनाश बोहराले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

    बलिङमा गुल्शन झा र सागर ढकालले उत्कृष्ट प्रदर्शन गरे । गुल्शनले ७ ओभरमा ३६ रन दिएर ४ विकेट लिए ।
    त्यस्तै, सागरले ७.४ ओभरमा २८ रन खर्चेर ४ विकेट हात पारे । ललित राजवंशी र पवन सराफको नाममा एक/एक विकेट रह्यो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑