भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको चौथो अधिवेशनको मतदान सम्पन्न भएको छ । समितिको वरिष्ठ उपाध्यक्ष र सचिव पदमा सहमतिहुन नसकेपछी आज मंगलवार देवचुली वडा नम्बर १६ को सभाहल परिसरमा विहान ९ बजेदेखी जारी रहेको मतदान अहिले ४ बजे सम्पन्न भएको हो ।
मतदानमा ६ सय ६९ मत खसेको निर्वाचन समितिले पावर संदेशलाई जानकारी दिएको छ । १ हजार ३१ मतदाता रहेको चिकित्सालयमा करिव ६५ प्रतिशत मतदाताले मतदान गर्नुभएको समितिले जनाएको छ ।
समितिको २२ पदमा सर्वसम्मत सहमती भएपनी बरिष्ठ उपाध्यक्ष र सचिव पदमा सहमती हुन नसक्दा निर्वाचनको अवस्थामा पुगेको थियो ।
निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षमा पेउ नारायण (प्रेम) न्यौपान र ऋषि तिवारीको उम्मेदवारी रहेको छ भने सचिवमा प्रदिप राज घिमिरे र टोप राज कोईरालाको उम्मेदवारी रहेको छ । यस्तै सचिवमा प्रदीपराज घिमिरे र टोपराज कोइराला भिडेका छन् । न्यौपाने र घिमिरेलाई सात पार्टी र समुहको समर्थन रहेको छ भने तिवारी र कोइराला एमाले ओली समुहको समर्थन रहेको छ ।
पुरा भिडियोको लागी