तिमी बलत्कारी लाई राम्रो
भन्नु,
तिमी राम्रो लाई बलत्कारी
भन्नु।
यदि तिमीले बलत्कारी
लाई बलत्कारी भन्यौं भने,
बलत्कारीहरु ले तिमी लाई
बलत्कृत बनाईदिने छन् ।
तिमी लासलाई बिमारी
भन्नु,
तिमी बिमारी लाई लास
भन्नु।
यदि तिमीले लास लाई
लास भन्यौं भने,
लासहरु ले तिमी लाई
बिमारी बनाईदिने छन्।
तिमी बच्चा लाई बुढो
भन्नु,
तिमी बुढोलाई बच्चा
भन्नु।
यदि तिमीले बच्चालाई
बच्चा भन्यौं भने,
बच्चाहरु ले तिमी लाई
बुढो बनाईदिने छन्।
तिमी धनी लाई गरिब
भन्नु,
तिमी गरिब लाई धनी
भन्नु।
यदि तिमीले धनी लाई
धनी भन्यौं भने,
धनीहरु ले तिमी लाई
गरिब बनाईदिने छन्।
तिमी बलत्कारी लाई राम्रो
भन्नु,
तिमी राम्रो लाई बलत्कारी
भन्नु।
यदि तिमीले बलत्कारी
लाई बलत्कारी भन्यौं भने,
बलत्कारीहरु ले तिमी लाई
बलत्कृत बनाईदिने छन्।
तिमी साथी लाई शत्रु
भन्नु,
तिमी शत्रु लाई साथी
भन्नु ।
यदि तिमीले साथीलाई
साथी भन्यौं भने
साथीहरु ले तिमी लाई शत्रु
बनाइदिने छन्।
तिमी नेता लाई डन
भन्नु,
तिमी डन लाई नेता
भन्नु।
यदि तिमीले नेता लाई
नेता भन्यौं भने,
नेताहरु ले तिमी लाई
पवोर लगाएर डन
बनाईदिने छन्।
#सुजनबस्नेत