नवलपुर ।
नवलपुर जिल्लाको हुप्सेकोट गाउपालिकामा शुक्रवार तेस्रो शैक्षिक सम्मेलन हुने भएको छ । गाउपालिकाको आयोजनामा चर्चित वैज्ञानिक महावीर पुन सहितका व्यक्तिहरुको उपस्थितिमा तेस्रो शैक्षिक सम्मेलन आयोजना गरिएको हो ।
बालमैत्रि हरित विद्यालय, प्रविधि युक्त शिक्षक, सृजनशिल तथा सिप युक्त विधार्थि भन्ने नाराका साथ आयोजना गरिएको शैक्षिक सम्मेलनमा वैज्ञानिक महावीर पुन सहित शैक्षिक अभियान्ता अभिषेक घिमिरे र शिक्षा विद ज्ञान प्रसाद पाण्डे को समेत सहभागिता रहने हुप्सेकोट गाउ शिक्षा अधिकृत माधवराज गौतमले जानकारी दिनु भयो ।
तेस्रो शैक्षिक सम्मेलन वाट रोमन मेग्सय्सय अवार्ड प्राप्त वैज्ञानिक महावीर पुन ले स्थापना गर्नु भएको आविस्कार केन्द्र सग को समन्वयमा हुप्सेकोट गाउपालिकाको पाहाडि क्षेत्रमा प्रविधिमैत्रि विद्यालय सञ्चालनका लागि सहकार्य गरिने हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले वताउनु भयो । गाउपालिका भित्रका सामुदायिक र सस्थागत सवै विधालयका शिक्षक, विद्यार्थि ,अभिभावक सहित सरोकारवालाको उपस्थिति रहने शैक्षिक सम्मेलनमा शैक्षिक गुणस्तर वृद्धिमा सरोकारवालाको भुमिका लगाएतका बिषयमा अन्तक्रिया गरिने अध्यक्ष पाण्डेले वताउनु भयो ।
शुक्रवार विहान १० वजे देखि जनता मावि वेलुवाको प्राङगणमा सुरु हुने कार्यक्रममा सहभागिताका लागि सम्पुर्ण सरोकारवाला एवम् इच्छुकमा अनुरोध समेत गरिएको गाउ शिक्षा अधिकृत माधवराज गौतमले वताउनु भयो ।