
महिनावारी लाई एक पर्वको रुपमा मनाउनुपर्छ।
शिर्षक सुन्नेबित्तिकै कतिपय पाठक महोदय हरुलाई यो लाग्न सक्छ,
•कस्तो पागल दिमाग नभएको मान्छे ले लेखेको होला!
•यस्तो पनि लेख्ने कुरा हो त?
•महिनावारी लाई धर्मको रुपमा मनाउने रे कुलका देउता ले के भन्छन्?
•लेख्न आयो भन्दै मा मनलाग्दी तवरले लेख्छन् हिजो आजका केटाकेटी! आदि।

यसता थुप्रै प्रस्न आउँछन् पक्कै पनि वास्तवमा हामी सबै ले यो बुझ्न जरुरी छ कि महिनावारी प्रकिया यदि नहुँदो हो भने के हामी मानब जातिको सभ्यता रहन्छ र??
महिला दिदिबहिनीहरू लाई उनीहरूको मार्सिक चक्र अथार्त महिनावारी को समयमा अझै पनि थुप्रै ठाउँहरू मन्दिर, वा पूजाआजा गर्ने स्थानमा जान प्रवेश निषेध गरिएको देख्न सकिन्छ।
यस्तो देखिरहदा लाग्छ कहिले कहिँ यतिका धेरै बुझेका पढेका अनि पुजारी भएका हरुले नै तिमी महिनावारी भएको बेला पुजा गर्न आउनु हुदैन भन्छन्,।
अनि उनिहरुले पनि कुनै प्रतिकार नगरि हुन्छ भन्छन्।
महिनाको ५ दिन मन्दिर नगई पहिले त छाउगोठ कता कता हुन्थ्यो हिजो आज घरमा बस्ने वातावरण सम्म आएको छ।
हिजो को छाउपडी गोठमा बस्ने हामी केहि अावाज उठाएर आज घरका सदस्यसँग बस्न पाएका छौँ भने यो कुरा पनि हामी सबै मिल्ने हो भने असम्भव भन्ने छैन।
उनिहरू ले कहिल्यै प्रस्न गर्ने सामर्थ्य नै राखेनन् त्यसैले पनि हुनुपर्छ यस्तो कुरीतिजन्य कुराले जग बलियो बनाउन पाएको।
किन आउन हुदैन हामी मन्दिर?
हिजो म जे थिएँ आजपनि त उही त छु के परिवर्तन छ र म मा??
उनै देवी जस्तै त हुँ म पनि उहाँलाई १२ महिना १२ साल नै सबै स्वतन्त्र हुने अनि मलाई महिनामा ५ दिन किन रोक लगाईएको??
आदी यति मात्र प्रस्न दिन को ५ जनाले उठाइदिनु भयो भने
यो कुरीति १ वर्ष मै अन्त गर्ने सकिन्छ र महिनावारी लाई पनि एक पर्वको रुपमा मनाउन सकिन्छ।
मलाई मात्र नभई सम्पूर्णका लागि यो अत्यन्त सौभाग्यको कुरा हुनेछ।
सामान्यतयाः हाम्ले यस समयमा उनीहरूलाई अपवित्र ठान्छौं,
तर वास्तविक तथ्य यो हो कि, उनीहरू यो समयमा अझै धेरै शुद्ध, देवीभक्त र शक्तिशाली हुन्छन्।
यदि उनीहरूले कुनै देवी-देवताको मूर्तिलाई छोए भने
सबै सकारात्मक पवित्र उर्जा उनिहरुहरूतर्फ बग्नेछ।
त्यसैले उनीहरू लाई उनीहरूको समयावधिमा पूजाआजा गर्न अनुमति छैन !!!
“मासिक धर्म” शब्द आफै ग्रीक र ल्याटिन शब्द बाट आएको शब्द हो जसको अर्थ हुन्छ महिना र चन्द्र।
त्यसैले हामी सम्पूर्ण महिला पुरुष दुवै ले गहिरो रुपमा बुझेर
यसलाई एउटा मार्सिक धर्मको रुपमा मनाउनुपर्छ र यसलाई पुरुष दाजुभाइ हरुले उपहारको रूपमा हेर्नुपर्दछ। भने महिला दिदी बहिनीहरुले वरदान को रुपमा अनि मात्र हामी सभ्य नागरिक बन्न सकिन्छ।
महिनावारी प्रकियामा कसैलाई धेरै गाह्रो हुने कसैलाई पेट दुख्ने कसैलाई खान मन नलाग्ने कम्मर दुख्ने भुमिट हुने यस्ता विभिन्न प्रकारका समस्याहरु देखा पर्ने हुँदा हामी ले यसलाई पनि एउट पर्व को रुपमा लिन थालियो भने त यस्ता प्रकारका समस्याहरु पनि केहि हदसम्म सामान्य हुन्छन् जस्तो मलाई लाग्छ।
महिनावारी प्रक्रियाले उनीहरूलाई जन्म दिन अनुमति दिन्छ, एक चमत्कार जुन मासिक धर्मको माध्यमबाट मात्र सम्भव हुन सक्छ।
त्यसैले हरेक महिला मा हुने यो प्रकिया लाई केहि हदसम्म सहज बनाउन यो “महिनावारी लाई एक पर्वको रुपमा मनाउनुपर्छ” भन्ने कुरामा जोड दिनु आवश्यक छ।
#सुजनबस्नेत
#चालिएका कदम।