नवलपुर ।
विगत केही महिनादेखी ज्यान्डिस विग्रिएर उपचाररत देवचुली-१२, कुनाघाट निवासी प्रेम बहादुर परियार (माईला दाइ) लाई “एक दिन एक रुपैयाँ दान अभियान” संस्थाले आर्थिक सहयाेग गरेकाे छ । देवचुली-१२ का वडा अध्यक्षकाे उपस्थितिमा यस अभियानका अभियान्ताहरुद्वारा नगद रू ११,१११ ( एघार हजार एक सय एघार )रुपैया हस्तान्तरण गरेकाे हाे ।
आर्थिक अवस्था कमजाेर रहेका परियारलाई उपचारमा सहयाेग हाेस् भन्ने हेतुले संस्थाकाे तर्फबाट सहयाेग गरिएकाे संस्थाका अध्यक्ष साैगात भुसालले जानकारी दिनुभयाे ।
परियारकाे परिवारमा जुम्ल्याहा छाेरा, एक छाेरि र श्रीमती छन् । परिवारमा कमाउने आफू स्वयम् विरामी पर्दा घर व्यवहार धान्न पनि मुस्किल परेकाे र आफ्नाे उपचार पनि गर्न नसकेकाे अवस्थामा संस्थाले गरेकाे सहयाेगबाट आफुलाई राहात मिलेकाे प्रेम बहादुर परियारले बताउनु भयाे ।