
काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले खनाल–नेपाल पक्षका तीन नेताहरुलाई कारबाही गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट अनेरास्ववियूका संयोजक एन महरले खनाल–नेपाल समूहको समानान्तर कमिटीका अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष वसिम आलम र महासचिव आरती लामालाई सदस्यसमेत नरहने गरी कारबाही गरेका हुन् । उनीहरु अनेरास्ववियूका सचिव थिए ।

तीन दिनभित्र स्पष्टीकरण दिन भनिए पनि स्षप्टीकरणको जवाफ नआएकाले कारबाही गरिएको महरले बताएका छन् । समानान्तर कमिटी गठन गरेपछि महरले स्पष्टीकरण मागेका थिए ।