नवलपुर ।
नवलपुको कावासोतीमा जुवाको खालबाट ६ जना पक्राउ परेका छन् । कावासोती न.पा. वडा नं. ८ स्थीत गिरी प्रसाद तड्नामीको घरमा जुवातास खेलीरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको हो । तड्नामीको घरको कोठामा जुवातास खेलिरहेको विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय नवलपुरले प्रहरी टोली खटाई कानुन बमोजिम घरको कोठमा खानतलासी गर्दा नगद रु ३१५९० (एकत्तिस हजार पाँच सय नब्बे) रुपैयाँ र तिन बुक तास सहित ६ जनालाई पक्राउ गरिएको हो ।
हाल उनिहरु जिल्ला प्रहरी कार्यालयमा रहेको र उनिहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार अनुसन्धान भईरहेको र त्यसका आधारमा कार्वाही प्रकृया अगाडि बढाइने प्रहरी कार्यालयले जनाएको छ ।