
फोर्ब्सको अर्बपति सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरी यसपाली खस्किएका छन्।
फोर्ब्सले सार्वजनिक गरेको धानाढ्यहरूको ४५औं वार्षिक सूची अनुसार चौधरी २१४१ स्थानमा छन्। अघिल्लो वर्ष उनी १५१३ स्थानमा थिए ।
दुई वर्ष लगातार उनको वार्षिक सम्पत्ति १.४ अर्ब अमेरिकी डलर छ। सन् २०१९ मा उनको सम्पत्ति बढेर १.७ अर्ब डलर पुगेको थियो। सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको थियो। तर दुई वर्षयता उनको अर्बपति सूचीमा स्थान खस्किदो छ।

विश्वव्यापी महामारी कोभिड-१९ ले उनको सम्पत्तिमा उल्लेख्य वृद्धि हुननसक्दा उनको स्थान यो पटक खस्किएको हो।
फोर्ब्सको सूचीमा प्रवेश हुँदला उनको सम्पतति एक अर्ब अमेरिकी डलर थियो। सन् २०१५ सम्ममा उनले आफ्नो सम्पत्ति १.३ अर्ब पुर्याइसकेका थिए। तर भुकम्प र नाकाबन्दीले सन् २०१६ मा उनको सम्पत्ति घटेर १.१ अर्ब डलरमा पुग्यो। तर, त्यसपछिका वर्षहरूमा उनले सम्पत्ति बढाउँदै लगे।
६५ वर्षे चौधरी सिजी कर्प ग्लोबलका सञ्चालक हुन् । नेपालमा उनको नबिल बैंक र सिजी फुडमा ठूलो लगानी छ। चौधरीले सन् २०१३ मा पहिलोपटक फोर्ब्सको विश्वका अर्बपतिहरूको सूचीमा प्रवेश गरेका थिए।