
ज्ञानु पंगेनी
कावासोती , २६ चैत
जिल्ला प्रशाशन कार्यालय पूर्वी नवलपरासीबाट चालु आर्थिक वर्षको ८ महिनाको अवधीम ३ हजार ८ सय ८६ जनाको साधारण राहदानी ( पासपोर्ट ) सिफारिस गरिएको छ ।
जसमध्ये महिला १ हजार २ सय १६ जना रहेका छन् । भने पुरुष २ हजार ५ सय २३ जना रहेका छन् । यस्तै १० वर्ष मुनीका नाबालक १ सय ४७ जना रहेको जिल्ला प्रशाशन कार्यालय पूर्वी नवलपरासीका सुचना अधिकारी आनन्द शर्माले जानकारी दिनुभयो । पुष महिनामा सबैभन्दा बढि ६ सय ८८ जना र भदौ महिनामा सबैभन्दा कम ६७ जनाको साधारण राहदानी सिफरिस गरिएको सुचना अधिकारी शर्माले बताउनुभयो ।
यस्तै ७ सय ७८ जनाको द्रुतसेवा मार्फत् राहदानी सिफारिस गरिएको शर्माले बताउनुभयो । जसमध्ये २ सय ७७ जना महिला छन् । ४ सय ३७ जना पुरुष छन् । भने, २४ जना नाबालकको राहदानी सिफरिस गरिएको हो ।
पछिल्लो समय महिला तथा जेष्ठ नागरिकहरुले समेत राहदानी बनाउनेक्रम बढेको पाईएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्यामा वृद्धि भएकाले पनि राहदानी बनाउने महिलाहरुको संख्यामा समेत वृद्धि भएको हुनसक्ने शर्मा बताउनुहुन्छ । यस्तै राहदानी बनाउने जेष्ठ नागरिकहरुको संख्यामा समेत वृद्धि भएको छ । विदेशमा बस्ने छोराछोरीहरुले वावुआमालाई घुम्न बोलाउने प्रचलन बढेकाले राहदानी बनाउने जेष्ठ नागरिकहरुको संख्यामा वृद्धि हुदै गएको उहाँको भनाई छ ।
चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा राहदानी सफिरिस मार्फत् २६ लाख ४६ हजार ५ सय रुपियाँ राजश्व संकलन भएको छ ।
यसैबीच जिल्ला प्रशाशन कार्यालय पूर्वी नवलपरासीबाट चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा ६ हजार ७ सय ४८ जनाले नागरिकता प्रमाणपत्र बनाएका छन् ।
जिल्ला प्रशाशन कार्यालय पूर्वी नवलपरासीका सुचना अधिकारी आनन्द शर्माले दिनुभएको जानकारी अनुसार चालु आर्थिक वर्षको सायनदेखि फागुन मसान्तसम्मको अवधीमा उक्त संख्यामा नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
नागरिकता बनाउनेमा महिलाको संख्या ३ हजार २ सय ९३ जना रहेको छ भने , पुरुषको संख्या ३ हजार ४ सय ५५ रहेको छ । जसमध्ये सबैभन्दा बढि माघ महिनामा १ हजार ३ सय ८४ जनाले नागरिकताको प्रमाणपत्र बनाएका छन् । सबैभन्दा कम भदौ महिनामा ८२ जनाले मात्रै नागरिकताको प्रमाणपत्र बनाएको सुचना अधिकारी शर्माले जानकारी दिनुभयो ।
यसैगरि ८ महिनाको अवधीमा नागरिकताको प्रतिलिपी लिनेहरुको संख्या ४ हजार ७ सय ५९ रहेको छ । जसमध्ये महिलाको संख्या २ हजार १ सय ७८ र पुरुषको संख्या २ हजार ५ सय ८१ रहेको छ ।
