के छ यहाँ नयाँ?
उ आज पनि गरिब छ
भोलि पनि गरिब नै रहन्छ।
उ आज पनि एक पेट मै रमाइलो गरिरहेको छ
तिमी दुई पेट भरेर पनि अझै नयाँ खोज्दै छौं।।
उनी हिजो पनि
बलत्कृत नारी थिइन्
भोलि पनी बलत्कृत नारी नै रहन्छिन्।
अनि फरक चाहिँ कहाँ छ?
कसरी नयाँ भयो?
के छ यहाँ नयाँ??
खै बलत्कारी ले सजाय पायो?
खै न्यायलय मा त्यो न्याय पाइन भन्नुे को भिड हट्यो??
भष्ट्रचारी हिजो पनि उहि थियो,
भष्ट्रचारी भोलि पनि उहि नै हुनेछ।
यो सडक हिजो पनि यहि ठाउँमा
सडक बालबालिका सँग खेल्दै थियो,
भोलि पनि यही ठाँउमा उनै सँग खेल्ने छ।
अनि नयाँ नौलो कहाँ भयो?
नयाँ त
तिम्रो घरमा भएको पात्रो मात्र हो,
नपत्याए हेर त आज पनि तिम्रो आमा कति पिडामा भित्र भित्रै रुदैँ छिन्,
अनि नपत्याए भोलि पनि हेर तिम्रो आमा आज जस्तै भोलि पनि गर्ने छिन्।
अनि नयाँ कहाँ भयो?
पात्रो नयाँ आएर मात्र नयाँ नहुने रहेछ
पात्रो मा भएकाे प्रत्येक महिनामा ३० दिन नै
आमालाई चुलोमा जाने अनुमति थपिएर आएको भए
भन्न मिल्थ्यो नयाँ मनाउन मिल्थ्यो उत्सव,
तर खै त हिजो कै कुरा आएको छ!
हिजो नै त्यो पात्रो मा छापीएको हो भने
किन तिमी नयाँ भन्दै उत्साह मनाउदै छौं?
खै कहाँ छ नयाँ?
यो शब्द मात्र हो,
त्यसैले पुरानो मै रमाउनुस्
नयाँ ‘शब्द’ मात्र भएको हुँदा
ऋण खोजेर उत्सव मनाउन पर्ने जरुरी छैन
नयाँ ठाउँको भ्रमण गर्ने जरुरी छैन
समय लामो छ पुर्याउँछ एक दिन।
✍️ सुजन बस्नेत
गोरखा।