चिनको हुआन प्रान्त बाट सुरु भएको कोभिड १९ ले २०२० मा विश्वलाइ हल्लायो । विश्व क्षणभरमा तहशनहस गर्न सक्ने खालका हातहतियार बनाउन सफल भएका विश्वका शक्तिशालि राष्ट्रहरुमा झन् बढि मृत्यू भयो । यसरी हेर्दा विश्वका शक्तिशालि भनिएका देशहरु मानवताको विकास भन्दा विनासका लागि वढि सोच्ने गर्दछन् भन्ने प्रष्ट हुन्छ जुन् मानव सभ्यताका लागि नै खतराको संकेत हो । शक्तिशालि र विकसित भनिएका मुलुकहरुले तयार पारेका आणविक हातहतियार मिनेट भरमा नै संसार सखाप पार्ने सामथ्र्य राख्दछन् तर नयाँ संरचना र विकासका लागि कुन अवस्थामा छन् प्रष्ट हुन्छ । करिब डेढ वर्षको अन्तरालमा विश्व जुन अवस्था बाट गुज्रिरहेको छ यसको असर ज्यादै ठुलो पर्नेबाला छ । अबको केहि समयमा मानसिक रोगि , बेरोजगारि , भोकमरी र निराशाले यसरी गाज्ने छ कि यसबाट उठ्नका लागि ठुलो संर्षस गर्नुपर्ने छ ।
अहिलेको अवस्था सम्म आइपुग्दा विश्वभर गरेर १३,४७,४३,२२३ जनालाइ कोरोना संक्रमण भयो भने २९,१८,६८८ जनाको मृत्यू भयो जहाँ नेपालमा २,७९,३८८ जनालइ संक्रमण ३,०३८ जनाको मृत्यू भयो भने २,७३,७३५ जना कोरोना संक्रमण बाट मुक्त भएका छन् । बर्तमान् परिवेशलाइ हेर्दा कोरोना को नयाँ आक्रामक प्रजाति विश्वका मुलुकहरु हुदै नेपालमा पनि देखिन थालेको छ । यसले हामिलाइ फेरी त्रासको स्थितिमा पुराएको छ ।
नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरु यस्ता महामारिबाट बच्नका लागि निकै संर्षस गर्नुपर्दछ , हाम्रो देशको अर्थतन्त्र धरासायि अवस्थामा पुगेको छ भने कैयौँ उद्योग तथा व्यवसायहरु टाट पल्टिरहेको छन् । जसको प्रत्यक्ष असर हामिले भोगिरहेका छौँ । महंगी चरम अवस्थामा पुगिरहेको छ । अबको केहि समयमा फेरी लकडाउनको हल्ला हामिले सुनिरहेका छौँ जुन् हाम्रा लागि ज्यादै दुखको कुरा हो । यस्तो अवस्थामा राज्य ज्यादै संवेदनशिल भएर अघि वढ्नुपर्ने बेला हो तर हाम्रो देशको सत्तापक्ष र प्रतिपक्षहरु हाम्रो भोटलाइ लात हानेर सत्ताको खेलमा रुमलिरहेका छन् । कोहि सरकार टिकाउने त कोहि सरकार गिराउने खेलमा लागिरहँदा हामि नेपाली जनताहरु मुखदर्शक भएर टुलुटुलु हेरि रहेका छौँ । अहिलेको अवस्थामा सबै राजनितिक दलहरु एकजुट भएर कोरोना पराजित गर्नुतिर लाग्नुपर्ने बेलामा हामि राजितिक दल र यिनका नेताहरुको नाङ्गो नाच हेरिरहन् बाध्य छौ जसको मुल्य अब अहिलेका राजनितिक दल र यिनका नेताहरुले राम्ररी चुकाउने छन् । बर्तमान् सरकारले कोरोना रोकथामका लागि जे जति उपाए अपनाएको र खोप दिएको भने पनि यो पर्याप्त छैन् र यसलाइ अझै प्रभावकारी ढंगबाट अघि बढाउन जरुरी छ । हामि नागरिकहरु पनि सरकारले जारी गरेको नियमहरुलाइ पालना गर्नुपर्दछ । हामि आफै पनि संवेदनशिल हुन जरुरी छ ।
विश्व परिस्थितिलाइ हेर्दा हामि ज्यादै जोखिम अवस्थामा भएता पनि हाम्रो देशमा अन्य देशहरुको तुलनामा मानविय क्षति भने कम छ तर यति भन्दै गर्दा सर्तकता अपनाउने र यसबाट बच्नका लागि हामिले उपाएहरु अबलम्बन् गर्नुपर्दछ । वर्तमान् समयमा सबैभन्दा वढि क्षति भएको क्षेत्र भनेको शिक्षा, पर्यटन् र उद्योग व्यवसायहरुको यसमा सरकारले उचित किसिमका योजनाहरु तत्काल ल्याएर कार्यान्वयन गर्न जरुरी छ । अब हामि यस महामारी बाट भागेर होइन् यो सँगै जुधेर सँगै अघि बढ्नुको विकल्प छैन, तसर्थ अब हामि संयमित बन्दै कोरोना सँगसँगै अघि बढनु वर्तमान् आवश्यकता हो । कुनै पनि समस्याहरु सँगै हामि सँग समाधान र सकारात्म पक्षहरु पनि हुन्छन् जसले हामिलाइ नयाँ तरिकाबाट सोच्नका लागि मद्त गर्दछन । कोरोनाको पहिलो चरणको लकडाउनमा हामिहरुलाइ सामान्य किसिमका रोगहरु लागेनन् , हामिले पटक पटक हात धुने , सेनिटाइजरको प्रयोग गर्ने , भौतिक दुरी कायम गर्ने , माक्सको प्रयोग गर्ने , हाम्रा वरीपरी रहेका जडिबुटि हरुको सेवन गर्ने जस्ता क्रियाकलापहरु कायम राख्यै जसले हाम्रो रोग प्रतिरक्षात्मक् क्षमता वढाउन सफल भयो । यसले हाम्रो देश जडिबुटिले भरिएको र अपार प्राकृतिक स्रोतले धनि भएको कुरामा हामिलाइ अझै वढि विश्वास दिलाउन सफल भयो अब हामिले यस्ता किसिमका जडिबुटिहरुको खोज अनुसन्धान् गरि आर्युवेदिक उपचारलाइ समेत अघि बढाउनका लागि एउटा सकरात्मक् दिशा प्रदान गरेको छ । त्यस्तै हाम्रो मुलुकमा शिक्षाको क्षेत्रमा समेत एउटा नयाँ उपलब्धि हासिल गर्न सफल भयौँ अनलाइ मार्फत शिक्षालाइ समेत हामिले अबलम्बन गर्न सफल भयौ जसको माध्यमबाट हामि आधुनिक शिक्षा प्रणलिलाइ समेत अघि बढाउन सक्यौ । विभिन्न घरमा बसेर गर्न सकिने जागिर , व्यवसायहरुको समेत थालनि भयो यो हाम्रा लागि सकरात्मक् कुरा हो । अझै सबैभन्दा वढि हामिले हाम्रो घर परिवार सँग समय विताउन सक्यौ जसले अन्तरालमा परिवारको महत्व अझै बढाउदै लग्नका लागि समेत नयाँ दिशा प्रप्त गर्न सफल भयौ ।
हामिले यस्तो अवस्थामा मानसिक समस्याहरुबाट बच्नका लागि विभिन्न किसिमका हाम्रा कोर्स बाहिरका किताबहरु पढौँ, हाम्रा धार्मिक ग्रन्थहरु पढौँ, हामिलाइ मन लाग्ने कार्यहरुमा व्यस्त बनौँ , नयाँ र सिर्जनात्मक कार्यहरुमा ध्यान दिऔँ । हामिले आफैले आफैलाइ चिन्ने सबैभन्दा महत्वपुर्ण अवसर पाएका छौ यो अवसरको भरपुर फाइदा उठाऔँ । हामिहरु मध्ये कैयौलाइ कोरोना लाग्यो र निको भयो , लाखौको संख्यामा हामिले चेक गरेनौ यसको मतलब हामिलाइ कोरोना भएन भन्ने पनि त होइन , हामिहरुले थाहै नपाइकन पचाइदियौँ तसर्थ कोरोना सँग डराएर हाम्रा दैनिक क्रियाकलापहरु बन्द गर्ने होइन नयाँ तरिकाबाट अघि बढ्ने हो । अब हामि युवापुस्ताहरु नयाँ तरिकाबाट सोच्ने र अघि बढ्ने अवस्थाको सिर्जना हुदैछ तसर्थ यस चुनौतिलाइ हामिले अवसरका रुपमा प्रयोग गर्दै र कोरोनालइ खादै अघि बढौ ।
जय युवा
अर्मान मियाँ
नवलपुर