नवलपुर । बुटवलबाट नारायणगढको लागि छुटेको बस पूर्बि नवलपरासीको दाउन्नेमा दुर्घटना हुदा ३ जनाको निधन भएको छ भने २८ जना घाइते भएका छ्न । घाईते मध्य २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बका सुचना अधिकारी डिएसपि दिलिप कुमार गिरिका अनुसार ईलाम बस्ने बर्ष २५ कि धनु दर्लामी, मकवानपुर बकाया गा.पा.-५ घर भई हाल (पूर्व) विनयीत्रिवेणी गा.पा.-२ दाउन्ने स्थित गुम्बामा बस्ने बर्ष अं.५७ कि ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगर २५ बस्ने बर्ष ७२ को हिमलाल न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ। शनिबार जिल्लाको बिनयीत्रिबेणी गाँउपालिका २ दाउन्ने बजारबाट ५० मिटर पूर्बमा उक्त दुर्घटना भएको हो । बुटवलबाट नारायणगढको लागि छुटेको ना ५ ख ७००० नम्बरको बस साझ साढे ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस आफै अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेको थियो ।