मदन अर्याल, नवलपुर ।
एक महिने कार्यक्रम सहित देवचुली १२ को तेस्रो वडा दिवस समारोहको समुद्घाटन गरिएको छ । आइतवार एक समारोह आयोजना गरी तेस्रो वडा दिवसको समुद्घाटन गरिएको हो । कार्यक्रमको अध्यक्षता वडा नं.१२ का अध्यक्ष दिलनाथ भुसालले गर्नु भएको थियो भने प्रमुख अथितिको रुपमा देवचुली नगरपालिका उपमेयर पार्वता तिवारीले गर्नु भएको थियो ।
देवचुली नगरपालिकाको योजना अनुरुप आफ्नै भवनमा सेवा दिने उदेश्यले २०७५ साल बैशाख ५ मा कार्यलयको स्थापना गरिएको थियोे । वडा कार्यालयले बर्ष भरिमा गरेका कामहरुको समिक्षा र जनसहभागिता सहितको भावी योजना बनाउने उदेश्यले वडा दिवस समारोह आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष भुसालले आफ्नो क्षेत्रको विकासका लागि सम्पूर्ण वडावासीहरु एकजुट भएर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो । उहाँले वडा नं. १२ देवचुली नगरपालिकाको पुरानो धार्मिक स्थल रहेको र यहाँ रहेको नागस्थान लगायतका धार्मिक स्थलहरुले यो क्षेत्र देव भुमि हो भन्ने कुराको पुष्टी गरेको बताउनु भयो । उहाँले यस क्षेत्रलाई देशकै एक धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक स्थलकाे रुपमा विकास गर्न रणनितिक योजना सहित अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नु भयो । वडा दिवसको अवसरमा आयोजित कार्यक्रमहरुकाे बारेेेमा जानकारी दिदै उँहाले यस कार्यक्रमलाई सफल बनाउन आ -आफ्नो क्षेत्रबाट सहयोग लागि वडावासी लगाएत सम्पूर्णमा अपिल पनि गर्नु भयो ।
एक महिने कार्ययोजना अनुरुप कार्यक्रमको पहिलो दिन वडा नं. १२ का बाख्रा पालन गर्ने व्यवसायीक कृषकहरुलाई वडाको करिव ७५ प्रतिशत अनुदानमा चार थान घाँसकाट्ने मेसिन हस्तान्तरण गरिएको थियो ।
त्यस्तै वैशाख ६ र ७ गते वडा सरसफाई, ८ देखि १५ गते सम्म थारु सांस्कृतिक नृत्य तालिम, ११ गते वडा स्तरिय युवा सम्मेलन, १२ गते अति विपन्न परिवारलाई आवास हस्तान्तरण, १५ गते देखि १७ गते सम्म आमा समुह, कृषक समुह लेखा तथा माइन्युट लेखन तालिम , १७ गते बाख्रा पैचो कार्यक्रम, १९ गते रक्तदान तथा ब्लड बैंक स्थापना, २८ देखि ३० गते सम्म युवा जीवन उपयोगी सीप, दुव्र्यसनी न्युनिकरण तथा नेतृत्व विकास तालिम, २१ गते उद्योग तथा व्यापार पुर्व सम्भाव्यता बैठक, २१ देखी २५ गते सम्म महिला र पुरुष भलिवल प्रतियोगिता र ३१ गते समापन समारोह रहेको छ ।
कार्यक्रममा प्रमुख अथिति देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले वडा नं. १२ ले गरेका विकास, निर्माण सम्बन्धी कार्यहरुबाट देवचुली नगरपालिका लगाएत सम्पूर्ण वडाहरुलाई प्रेरणा मिलेको बताउनु भयो । त्यस्तै यस क्षेत्रको विकासको लागि स्थानिय, प्रदेश र केन्द्रीय सरकारले पनि सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले सम्पूर्ण निकायहरु इमान्दारीता पुर्वक लागेमा देवचुली नगरपालिकालाई एक उदाहरणिय नगरपालिकाको रुपमा पनि विकास गर्न सकिने विश्वास व्यत्त गर्नुभयाे ।
त्यस्तै कार्यक्रमा साविक प्रगतिनगर ७ का प्रथम वडाध्यक्ष नरवहादुर काफ्ले, पुर्व वडाध्यक्ष नारायणदक्त भुर्तेल सहित विभिन्न राजनैतिक, सामाजिक व्यक्तित्व आमा समूह, टाेलसुधार समिति तथा वडावासीहरुको बाक्लो उपस्थीति रहेको थियो ।