भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको प्रमुख पर्यटकिय गन्तब्यको रुपमा विकास हुँदै गरेको देवचुली चुचुरोमा देवचुली नगरवासीहरुले पदमार्ग निमार्ण गर्ने भएका छन् । देवचुली पर्वत समाजको आयोजनामा राम नवमीको अवशर पारि यहि बैशाख ८ गते देवचुली चुचुरोमा चढ्ने पद मार्ग निमार्ण एंव सरसफाई गर्ने भएका हुन् ।
एकै ठाऊँबाट एक सिङ्गे गैंडा र चौरीको दृष्य नाराका साथ आन्तरिक एंवम् वाह्य पर्यटक भित्र्याउन र देवचुली डाँडालाई “ट्रेकिङ हव”को रुपमा विकास गर्न देवचुली पर्वत समाजले पदमार्ग निमार्ण एंवम् सरसफाईको कार्यक्रम गर्न लागेको देवचुली पर्वत समाजका अध्यक्ष नारायण काफ्लेले बताउनुभयो । संस्था पनि राज्यको अङ्ग भएकाले राज्यले गर्नुपर्ने काममा अग्रशर बनेको समेत काफ्लेको तर्क छ ।
राम नवमीको पवित्र दिनमा मोटरसाईकल ¥याली तथा नाराका साथ पोखरी पुगी पैदल कोदालो बोकेर देवचुलीको तिनकन्या माईमा पुग्ने र धार्मिक पुजा सहित पदमार्ग निमार्ण गर्ने आयोजकले जनाएको छ । साथै यस पवित्र कार्यमा सहभागी बन्न ईच्छुक हरेक नागरिक कार्यक्रममा सहभागी बन्न सक्ने अध्यक्ष काफ्लेले बताउनुभयो ।
सहभागि बन्नका लागी ९८५७०४१७८१ र ९८५७०८७१०० मा सम्पर्क गर्न सकिने बताईएको छ ।