नवलपुल, मदन अर्याल ।
देवचुली नगरपालिकामा भोलि देखि कोरोना भाईरस अर्थात कोभिड १९ को खोप दिइने भएको छ । पहिलो चरणको खोप लगाई सकेका देवचुली नगरपालिका अन्तरगतका सम्पूर्ण जनप्रतिनिधि, स्वस्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य तथा स्वयम् सेविका हरुलाई दोस्रो चरणको खोप दिइने भएको हो ।
देवचुली नगरपालिका ले एक सुचना जारी गर्दै पहिलो डोज लगाएका २ महिना ८ दिन पुरा भएका सम्बन्धित सबैलाइ दोस्रो चरणको खोप लगाउन अनुरोध गरेको हो ।
खोप शिविर बैशाख ८ र ९ गते दुम्कौली अस्पतालमा विहान दश बजे देखी बेलुका ४ बजे सम्म सञ्चालन गरिने छ । साथै खोप लगाउन आवश्यक सम्पूर्ण व्यवस्था मिलाउन र दैनिक प्रगति प्रतिवेदन पठाउन विज्ञप्तती मार्फत अस्पताललाई नगरपालिकाले निर्देशन गरेको छ ।