
नवलपुर ।
पूर्वि नवलपरासीमा थप २९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार नवलपुरको कावासोती, देवचुली मध्यविन्दु र हुप्सेकोटका २९ जनामा संक्रमण पुष्टी भएको हो ।

मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा २२ जना र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये देवचुलीका १० जना, कावासोतीका १५ जना, मध्यविन्दुका २ जना र हुप्सेकोटका २ जना गरि २९ जना संक्रमित थपिएका छन् ।
पछिल्लो समय नवलपुरमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ ।