
नवलपुर ।
नवलपुर जिल्लामा निषेधाज्ञा थपिएको छ । विपत व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले जेठ ३१ गतेसम्म निषेधज्ञा थप गरेको हो ।

सोमबार राति १२ बजेबाट सकिदै गरेको निषेधाज्ञा जेठ ३१ गते राती १२ बजेसम्म थप गर्ने निर्णय भएको प्रमुुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो । नवलपुरमा बैशाख २१ गते राति १२ बजेबाट पहिलो पटक निषेधाज्ञा जारी भएको थियो ।
नवलपुरमा कोरोना संक्रमण दरमा अझै पनि कमि नआएपछि निषेधाज्ञा थप गरिएको पंगेनीले बताउनु भयो ।