नवलपुर, पावर सन्देश । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा नवलपुरकाे देवचुलीमा पनी यसकाे गर्मागर्मी बढ्न थालेकाे छ । महाधिवेशनकाे मिति नजिकिए संगै नेता तथा कार्यकर्ताकाे दाैडधुप पनि बढ्न थालेकाे हाे ।
विशेषत नेपाली कांग्रेशकाे पकड मानिएकाे देवचुली नगरपालीकामा नगर सभापतिकाे आकांक्षीहरु पनि धेरै देखिएका छन् ।
हालसम्म ८ जना नेतृत्वलागि प्रत्यक्षरुपमा देखाएपनि अप्रत्यक्ष रुपमा धेरै जना नगर सभापतिकाे आकांक्षी रहेकाे विशेष स्राेतवाट जानकारीमा आएकाे छ ।
प्रत्यक्षरुपमा आकांक्षीहरु धेरै देखिँदा आम कार्यकर्तामा नकरात्मक संदेश जाने र गुट-उपगुट बन्ने हुदाँ सकेसम्म आन्तरिक रुपमा छलफल गरि सर्वसहमतीमानै नेतृत्व चयन गर्ने नसके थाैरै भन्दा थाेरै जनालाई निर्वाचनमा उमेदवार उठाउनु पर्ने आम कार्यकर्ताकाे धारणा रहेेकाे छ ।
नगरसभापतिका लागी नवलपुर क्रसर ब्यवसायी संघका अध्यक्ष एवं सामाजिक ब्याक्तित्व भोजेन्द्र रायमाझी, पृथ्वी मा.बिका पूर्व प्रधानध्यापक एवं प्राकृतिक चिकित्सालयका सचिव प्रदिपराज घिमिरे, काङ्ग्रेस जिल्ला सदस्य डिल्लीराम कंडरिया, वर्तमान नगरका सह-सभापती रबिलाल सापकोटा , वर्तमान नगरसचिव एवं पूर्व नेविसंघ नेता नारायण पौडेल , काङ्ग्रेस देवचुलीका पुराना नेता देवि खनाल, जनज्योति कलेजका अध्यक्ष एवं नगर सदस्य तथा नवनिर्मित बि पि स्मृति (पार्टी कार्यालय) भवनका निर्माण समितिका संयोजक दया तिवारी, देवचुली-७ का वडा अध्यक्ष भुपराज पाठक लगाएतले आफ्नो दावि रहने स्पष्टरुपमा जनाई सकेका छन् भने अन्य आकांक्षीहरु बाहिर खुलेका छैनन् ।
देवचुली नगरपालिकामा काङ्ग्रेसको नविकरण भएको ११६८ र नयाँ १४२६ सहित कुल २५९४ क्रियाशिल सदस्य रहेका छन् । नेपाली काङ्ग्रेसकाे विधान अनुसार नगर सभापती सहित नगर कार्यसमिति क्रियाशिल सदस्यले प्रत्यक्ष मतदान गरी नेतृत्व चयन गर्ने व्यवस्था छ । आगामी अधिवेशनमा वर्तमान नगर सभापति नदोहिरिने बताए सँगै नगरमा नयाँ नेतृत्वको लागि दौडधुप सुरु भएको हो ।