
नवलपुर । पूर्वी नवलपरासीमा निषेधआज्ञा साउन ३२ गते सम्म थप गरिएको छ । साउन २१ गतेसम्म कायम रहेकाे निषेधाज्ञा साउन ३२ गतेसम्म बढाउने निर्णय भएकाे हाे ।
निषेधाज्ञामा निजी दुईपांग्रे र चार पांग्रे सवारी साधन चलाउन पाउने यस अघिको निर्णय यथावत राखिएकोे छ । लकडाउनलाई कडाईका साथ लागु गर्ने याेजना रहेकाे भएपनि हाललाई पुर्ववत रुपमै निषेधाज्ञकाे समयावधि लम्बाईएकाे छ ।

यस्तै तीनपाग्रें टेप्पो भने रुट परमिटको आधारमा तोकिएको क्षेत्रमा मात्र संचालन गर्न पाउने बताइएको छ स्वास्थ्य मापदण्ड अपनाएर होटल, रेष्टुरेन्ट, सैलुन, पार्लर सन्चालन गर्न पाईने जनार्ईएको छ ।
स्वास्थ्य मापदण्ड अपनाएर होटल, रेष्टुरेन्ट, सैलुन, पार्लर सन्चालन गर्न पाईने जनार्ईएको छ । आर्थिक गतिविधी तथा व्यवसाय दैनिक सञ्चालन गर्न पाइने भएको छ तर अत्यावश्यक बाहेक व्यवसायीहरुको हकमा साँझ ६ बजे अनिवार्य पसल बन्द गर्नु पर्ने उल्लेख गरिएको छ ।