फलानो फलानो फलानो ले हल्ला चलाए
मेरा बा त पोइला गएरे अनौठो नमान्नुस् न
गाँउलेको पिढी बाट यो कुराले यात्रा तय गर्यो।
आगन, बाटो हुँदै मेरो भत्किन लागेको घर सम्म
केहि बेर मै दकुर्दै स्याँस्याँ गर्दै आइपुग्यो।
मेरो भत्किन लागेको घरको थाम भाचियो।
मेरो आमाको शान्त विशाल मन च्यातियो।
मेरो बहिनीको डाक्टर हुने सपना साँचियो।
बा पोइला गएको कुरामा गाँउले हरु नाचे
पोइलीएका बा अब घर फर्किएर आउलान् कि नाई?
आए भने त ठिकै छ आएको जस्तो मात्र गरे भने?
वनमा चर्न गएका गाईहरु घर नफर्किने बेला सम्म
घरका बाछा बाछीले बाटो हेरे झैं अब हाम्ले कति
वर्ष सम्म पोइलीएका बा को बाटो हेर्नु पर्छ आमा?
बा पोइला पो गएका हुन त आई हाले नि
उ हेर त एउटा नयाँ मान्छे को साथमा
गाई चर्न जाँदा एक्लै जान्छ र फर्किंदा
पेट भरी आफ्नो सन्तानका लागि धेरै
माया बोकेर आए जस्तै गरी बा ले पनि
नयाँ मान्छे को पेट भरी हाम्रो लागि धेरै
माया बोकेर आएछन्।
आमा यिनी नयाँ मान्छे को हुन?
बा कि को पर्छिन?
कहाँ बाट आएकी हुन?
यिनको घर कहाँ हो?
के गर्न आएकी हुन्?
यिनको पेटमा किन ठुलो?
यिनलाई हाम्ले के भनेर बोलाउनु पर्छ?
बहिनी नजानेरै भए पनि आमालाई सोध्दै थिइन्।
आमा आँखा मा पानी लिदैं बोल्दै थिएँ
तिमरु कि नयाँ आमा..
बहिनी नजानेरै प्वाक सोध्छे तिनले पेटमा के ल्याएकी?
आमा आँखा मा पानी लिदैं बोल्छिन्
तिमरुको भाई….!
#सुजनबस्नेत
#गोरखा