नवलपुर ।
नवलपुरकाे दाउन्नेबाट भन्सार छली गरेकाे अवैध कपडा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिनयी त्रिबेणी गाउँपालिका वडा नं. २ दाउन्ने बजार स्थित पूर्व पश्चिम मुख्यमार्गका चेकजाँजका क्रममा प्रहरीले मंगलवार भन्सार छलि गरेर ल्याईएकाे अवैध सामान बरामद गरेको हो ।
पश्चिमबाट पूर्वतर्फ आउदै गरेको लु १ ज ३२०८ नम्बरको विङगर गाडी खानतलासी गर्दा अबैध सामान फेला परेको हो ।
प्रहरीले दिएकाे जानकारी अनुसार तन्ना २३ थान, सुती साडी ४३ पिस, लुङगी ३५ पिस, सल ५३ पिस, कुर्था सुरुबाल ५२ पिस, नेताजी गम्छा ७० पिस, चुन्नी, ६२ पिस, सिल्की साडी ११ थान, धोती पट्टा २६ पिस, दोसल्ला १० पिस, लुङगी थान कपडा ४० मिटर, मखमल ४ साडी, कुर्थी;– ५ पिस, साडी बलाउज ११ सेट, थान कपडा ३७८ मिटर, कुर्था कपडा ४६८ मिटर, भेल्बेट कपडा १०० मिटर, धजा कपडा २७९ मिटर, व्लाउज कपडा १६ मिटर, सर्ट कपडा ४२ मिटर, साडी कपडा;– ३० मिटर वरामद गरेकाे छ । हाल अबैध सामान प्रहरी कार्यालयमा रहेकाे र अनुसन्धान भई रहेकाे कार्यलयले जानकारी दिएकाे छ ।