
काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि सबै तयारी पूरा गरेको छ । नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको हो ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति समक्ष सिफारिश गरेको छ । यद्यपि राष्ट्रपतिले प्रमाणीकरण गर्न बाँकी छ । राष्ट्रपतिले अध्यादेश जारी गरे लगतै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए । राष्ट्रपतिले आजै अध्यादेश प्रमाणीकरण गर्ने तयारी छ ।
ती सदस्यले भने ‘५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ । आज थप केही साथीहरु पनि आउनुहुन्छ,’ उनले भने, ‘अध्यादेश आएपछि दल दर्ता गर्छौं ।’
नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी पक्कापक्की भइ सेको छ । यो नाममा सहमति नजुटे नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) सहितका विकल्प तयार भइसकेको छ ।
नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल रहनेछन् भने अरु पदाधिकारीबारे छलफल नै भएको छैन ।