मदन अर्याल, नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले १४ औ महाधिवेशनमा सभापती पदमा आफ्नो पनि उमेदवारी रहने जानकारी दिनुभयो । नवलपुरको देवचुलीमा उमेदवारी घोषणाा कार्यक्रममा बोल्दै कोईरालाले आफु महाधिवेशनमा सभापति पदको उम्मेदवार दिने र आफुलाई सहयोग गर्न सम्पुर्ण प्रतिनिधिहरुसगँ आग्रह गर्नुभएको हो ।
कोईरालाले अबहुने स्थानीय, प्रदेश र संसदीय निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने त्यसकोलागि पार्टीका सम्पूर्ण संगठन मजवुद बनाउनु पर्ने कुरामा जोड दिनुभएको छ । उहाँले नेपाली कांग्रेसको १४ महाधिवेशन पछि पार्टीले नयाँ जोश र जाँगर सहितको युवा नेतृत्व प्राप्त गर्ने र अबको निर्वाचनमा बहुमत प्राप्त गरि बलियो सरकार निर्माण गर्ने र योजनाबद्ध ढ्ंगबाट विकासको काम अगाडि बढ्ने जिकिर गर्नु भयो ।
महामन्त्री कोईरालाले आफू संघिय निर्वाचनमा नवलपुर क्षेत्र नं १ बाट उमेदवारी दिने जनाउनु भएको छ । कार्यक्रममा बोल्दै उहाँले नवलपुरका जनताको साथ र सहयोगले अघिल्ला निर्वाचनमा सफलता प्राप्त गरेको र फेरि पनि यहाका जनताले सहयोग गर्ने विश्वास व्यत्त गर्नु भएको छ ।
नवलपुर क्षेत्र नं १ का जनताले आफुलाई तीन पटक सम्म सांसद जिताएकोले यो क्षेत्रमा आफ्नो ठुलो जिम्मेवारी रहेको भन्दै आफ्ना क्षेत्रमा ठूलो योजनाकालागि लगानी आईसकेको समेत बताउनुभयो ।
उहाँले नवलपुरको गैडाकोटमा सुविधा सम्पन्न ट्रमा सेन्टरकोलागि काम अघि बढेको जानकारी दिनुभयो । त्यस्तै गैडाकोटमा स्तरिय रङ्गशाला, नारायणीमा बैकल्पिक मार्ग निर्माण गरिने बताउनु भयो । बैकल्पिक मार्ग निर्माणबाट पर्यटकिय विकास, बन्यजन्तुको संरक्षण तथा बाढी पहिरो जस्ता प्राकृतिक बिपतबाट जोगाउन मदत गर्ने विश्वास व्यत्त गर्नुभयो ।
कार्यक्रममा स्थानिय, जिल्ला तथा प्रदेश स्तरिय नेताहरुको उपस्थिति थियो । अधिकासं नेताहरुले यो महाधिवेशन पश्चात् पार्टी भित्र रहेको गुट, उपगुट र अन्तरद्वन्दको अन्त्य हुने बताएका छन् । अब कांग्रेस पार्टी संख्यात्मक, गुणात्मक र भावनात्मकरुपले मजबुद हुने र आउने चुनावमा बहुमत सहितको सरकारको नेतृत्व गर्ने विश्वास व्यत्त गरेका छन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ठुलाे संख्यामा नेताकार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका थिए ।