
नवलपुर।
नवलपुर प्रहरीले नवलपुरका विभिन्न स्थानबाट चाेरिकाे माेटरसाईकल सहित छ जनालाई नियन्त्रणमा लिएकाे छ । गत शुक्रबार नवलपुरकाे दुम्किवास बाट खटिएकाे टाेलिले १६ वटा माेटर साईकल सहित ६ जनालाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा नवलपरासी (पूर्व) मध्यबिन्दु १० बस्ने बर्ष २९ को मुकेश थापा, मध्यबिन्दु १० बस्ने बर्ष ३३ को दिल बहादुर सोती मगर, बिनयी त्रिवेणी २ बस्ने बर्ष ३० को गंगा बहादुर मगर, बिनयी त्रिवेणी ४ बस्ने बर्ष २३ को प्रेम बहादुर परीयार, बिनयी त्रिवेणी ४ बस्ने बर्ष २० को मिलन थापा र पाल्पा निस्दी ७ बस्ने बर्ष २५ को खेम बहादुर सारु पक्राउ परेका छन् भने चाेरिमा संलग्न अन्य व्यतिकाे खाेजिकार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
उनिहरूकाे साथबाट लु ३० प २४८७, लु ३९ प २७९५, लु २५ प ५०३१, लु ५७ प ३२१५, लु ३४ प २४८७, ना ४३ प २५०२, लु ३५ प ८२१३, लु ५५ प ४०५१, लु ५० प ४१५, लु ३४ प २८५३, लु २२ प ८२१७, लु ३३ प २१०९, लु ३४ प ८४५५, लु ४५ प ५१०२, लु १६ प ९३०९ र लु ३५ प ९२५८ गरि जम्मा १६ वटा माेटर साईकल फेला परेका छन् ।
पक्राउ परेका व्यतिहरुलाई चाेरी सम्बन्धि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरी कार्यलयले जनाएकाे छ ।