• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

गण्डकीका ८५ वटै स्थानीय तहमा पुग्यो फोर-जी सेवा

पावर संदेश
   ३१ भाद्र २०७८, बिहीबार १८:४३  मा प्रकाशित
  • 268 पटक पढिएको







  • पोखरा : नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोर-जी सेवा पुर्‍याएको छ। आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोर-जी सेवा पुर्‍याएको नेपाल टेलिकमले जनाएको छ।

    नेपाल टेलिकमका सह-प्रवक्ता रञ्जित लौहियाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेशका ८५ वटा स्थानीय तहमा ५०३ वटा फोर-जीका टावर राखिएको जानकारी दिए। उनले सेवा विस्तारको क्रममा कतिपय स्थानमा नेटवर्क समस्या देखिएको गुनासो आएको जनाउँदै त्यसको पहिचान गरेर समाधान गरिने बताए।

    उनले भने, ‘हामी सहज र प्रभावकारी रुपबाट सेवा विस्तारमा जुटेका छौँ, प्रदेशका ४८ वटा ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ, ती ठाउँमा चाँडै टावर राख्ने योजनामा छौँ।’

    उनले बागलुङलगायत केही जिल्लामा पूर्ण फाइबर सेवा विस्तार भइरहेको जनाए। उनका अनुसार टेलिकम फाइबर टु दि होम सर्भिसका लागि ११ लाख ७४ हजार सीम तयारी अवस्थामा रहेको छ। तीमध्ये पाँच लाख ६४ हजार वितरण गर्न योग्य रहेको र एक लाख ८३ हजार वितरण गरिसकेको छ।

    नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले नाफा मात्र नहेरी सेवामुखी काम गरेको बताए। उनले मनाङको बाढीपहिरामा हेलिकप्टरबाट सामान लगेर पनि सेवा सञ्चालन गरिएको तथा राज्य र नागरिकप्रति उत्तरदायी बन्दै प्रभावकारी सेवामा जोड दिएको बताए।

    उनले सेवाग्राहीका गुनासोलाई सम्बोधन गर्दै आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरे। विद्यार्थीको अनलाईन कक्षाका लागि पनि सर्वसुलभ प्याकेज तयार गरेको उनको भनाइ छ।

    नेपाल टेलिकमले पछिल्लो पटक ‘नमस्ते-पे’ सञ्चालनमा ल्याएको छ। नेपाल टेलिकमको ६२ प्रतिशत र नेपाल राष्ट्र बैंकको ३८ प्रतिशत लगानीमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर डिजिटल पे ‘नमस्ते-पे’ सञ्चालनमा आएको सहप्रवक्ता लौहियाले जानकारी दिए।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑