नवलपुर । १० अशोज ।
नेपाली काँग्रेस देवचुली नगर कार्यसमितिको उपसभापति र सचिव पदका लागि दुईजनाले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
सभापति सहित पदाधिकारीमा दुई प्यानलले उम्मेदवारी घोषणा गर्दा कुनै पनि प्यानलमा समावेस नभएपछि उपसभापतिमा महेन्द्रकुमार पिया र सचिवमा राकेश बिक उम्मेदवारका रुपमा खडा हुने जनाएका हुन् ।
पिया र बिकले स्वतन्त्र समूहबाट उम्मेदवारी दिने भएपछि दुई जना चाहिने उपसभापतिमा ५ र २ सचिवका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
उपसभापतिमा रबिलाल सापकोटा नेतृत्वको प्यानलबाट गौरीशंकर न्यौपाने र हरिभक्त भट्टराई, डिल्लीराम कडरिया नेतृत्वको प्यानलबाट भोजेन्द्रबहादुर रायमाझी र पुरुषोत्तम गैह्रे तथा स्वतन्त्रबाट महेन्द्रकुमार पियाबीच प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै, सचिवमा सापकोटा प्यानलबाट भुपराज पाठक ईश्वर रेग्मी, कडरिया प्यानलबाट देबेन्द्र भटराई र सुन्दर पाण्डे तथा स्वतन्त्र राकेश बिकबीच टकराव हुने भएको छ ।
भोली सोमवार नगर अधिवेशनको तयारी छ ।