भिम भुसाल, नवलपुर ।
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली वैदेशिक ईशारामा चलेको नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष एवं गण्डकी प्रदेश ईन्चार्ज केशवलाल श्रेष्ठले आरोप लगाउनुभएको छ । नवलपुरको कावासोतीमा नेकपा (एस)को पार्टी कार्यालय भवन उद्घाटनका लागि आएका उपाध्यक्ष श्रेष्ठले वैदेशिक शंत्तिसँग सहकार्य गरि श्रमजिवि, निमुखा गरिवमाथि ओलीले खेलवाड गरेको आरोप लगाउनुभयो ।
ओलीको अहंकार र आफै ‘राज्य हूँ’ भन्ने गलत चिन्तनको सर्मथन गर्न नसकेकै कारण नेकपा एसको जन्म भएको समेत उपाध्यक्ष श्रेष्ठको दावि छ । सरकार र पार्टिको नेतृत्व गरिरहदा अध्यक्ष ओलीले संविधान र पार्टि विपरित १०–१२ वटा निर्णय गरेको समेत जिकिर गर्नुभयो । ओलीले सर्वसत्तावादि सोच राखेर देशलाई नै धरापमा पुर्याउन खोज्दा समाजवादीको उत्पत्ति भएको उपाध्यक्ष श्रेष्ठको दावि छ । साथै
श्रेष्ठले प्रधानन्यायाधीशलाई मन्त्रीको कोटा दिने भन्ने समाचार निराधार रहेको बताउनुभएको छ । ५ दलीय गठबन्धनमा हाल सम्म त्यस्तो विषयमा वहस नचलेको जानकारी दिनुभयो । दल विभाजनसम्बन्धी अध्यादेशका कारण केही ढिलाइ भएको र अब तीन दिनभित्र मन्त्रिमण्डलले पूर्णता पाउने समेत श्रेष्ठको दाबी छ ।
पार्टी जिल्ला अध्यक्ष शालिकराम भटराईको अध्यक्षतामा भएको कार्यालय उद्घाटन तथा पत्रकार भेटघाट कार्यक्रममा पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।